सन्दीप लामिछानेबिरुद्ध आज सर्वोच्चमा मुद्दा दर्ता हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । २० धरौटीमा थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछाने पुनः थुनामा जाने सम्भावना बढेको छ ।

सन्दीपलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको सर्वोच्च जाने तयारीसँगै सन्दीप पुनः थुनामा जाने सम्भावना बढेको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार गत बिहीबार नै महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।

आज सर्वोच्चमा महान्यायाधिवक्ताको कार्यालयले निवेदन दर्ता गर्नेसमेत प्रवक्ता रेग्मीले बताउनुभएको छ ।

उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयको ठहर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?