
काठमाडौं । यौन सुख प्राप्तिका लागि जसरी फोरप्ले आवश्यक छ, इन्टरकोर्सपछि सुखद अनुभूतिका लागि आफ्टर प्ले पनि उत्तिकै आवश्यक हुन्छ ।
फोरप्ले सामान्यतया यौनसम्पर्क गर्नु अघि पार्टनरहरू बीच गरिन्छ । जसले शारीरिक र मानसिक दुवै रूपमा सेक्सको लागि तयार हुन्छ। फोरप्लेमा धेरै फरक कुराहरू समावेश हुन सक्छ, जस्तै चुम्बन, कल्पनाहरू साझा गर्ने, एकअर्काको गुप्तांग छुने, फोहोर कुराकानी, आदि।
फोरप्लेको उद्देश्य यौन उत्तेजना बढाउनु हो, विशेष गरी महिलाहरूको लागि यसले उनीहरुको योनिमा स्नेहन बढाउँछ र शरीरलाई यौन सम्पर्कको लागि तयार गर्न मद्दत गर्छ।
सम्भोगभन्दा पहिले फोरप्ले र त्यसपछि आफ्टर प्ले आवश्यक छ । सेक्सोलोजिस्टहरूका अनुसार केही महिला ओर्गेज्मको तुलनामा सहवासपछि केही मीठा पलको आवश्यकता महसुस गर्छन्, तर अधिकांश पुरुषलाई महिलाहरूको यो आवश्यकताका सम्बन्धमा जानकारी हुँदैन । अत वीर्य स्खलनपश्चात् उनीहरू कोल्टेफेरेर सुत्छन् । महिलाको यौन सन्तुष्टिका लागि आफ्टर प्ले अत्यन्त आवश्यक छ । यसबाट प्रेम–सम्बन्धमा प्रगाढता आउँछ ।
आफ्नो पार्टनरसँग घनिष्ठ हुने थुप्रै तरिकाहरू छन्, फोरप्ले ती मध्ये एक हो। सेक्स विशेषज्ञहरू भन्छन् कि फोरप्लेले तपाई को हो र तपाईलाई यौन मनपर्ने बारे गहिरो बुझाइ दिने क्षमता हुन्छ। तपाईं जति धेरै यौन सम्पर्कमा हुनुहुन्छ, तपाईं दुवै आफ्नो कल्पना, इच्छा, इत्यादि साझा गर्न सहज हुनेछ।
किन आवश्यक छ फोर प्ले र आफ्टर प्ले ?
सेक्सोलोजिस्टहरूका अनुसार धेरैजसो जोडी चुम्बन, आलिङ्गनजस्ता अनेक उपाय अपनाएर यौनजीवनको पर्याप्त आनन्द लिन चाहन्छन्, तर त्यसमा अधिकांश महिलाले निराशा नै हात पार्छन् । किनभने उनीहरूका यौनसाथी स्खलनपश्चात् तुरुन्तै सुत्छन् । वैज्ञानिकहरूका अनुसार यसपछाडिको कारण पुरुषको यौनइच्छा शरीरप्रधान हुनु र महिलाको भावनाप्रधान हुनु हो । त्यसैले महिलाले फोर प्ले र आफ्टर प्लेलाई सम्भोग क्रियाको तुलनामा बढी महत्त्व दिन्छन् । एक सर्वेक्षणअनुसार ५० वर्षभन्दा बढी उमेरका महिलाको यौनजीवन बढी सन्तोषजनक हुन्छ, किनभने उनीहरूका श्रीमान् इरेक्सन प्राप्त गर्नमा असमर्थ हुन्छन् । त्यसैले उनीहरू फोर प्ले र आफ्टर प्लेमा बढी समय दिन्छन् । यसबाट महिलालाई स्पर्श सुख बढी प्राप्त हुन्छ ।
यस्ता महिलाका अनुसार जबदेखि उनीहरूका श्रीमान्को यौन क्षमता कमजोर हुनथाल्छ, तबदेखि उनीहरूको फोर प्ले र आफ्टर प्लेमा बढी आफ्नोपन र समर्पण महसुस गर्न थाल्छन् । जहाँ फोर प्लेले व्यक्तिलाई यौनको चरम सीमासम्म पुर्याउँछ, त्यहीँ आफ्टर प्लेले ‘यौन कस्तो रहयो ? ’ भन्ने निचोड दिन्छ ।
यौनक्रियाका बेला पुरुषको वीर्य स्खलनलाई महिलाको योनिले शोषित गर्छ । फलस्वरूप महिलामा स्फुर्ति सञ्चार हुन्छ । यसैगरी महिलाको स्खलनबाट पुरुषले सुखको अनुभव गर्छ । यदि ठीक ढंगबाट इन्टरकोर्स गरिएको छ भने शरीरले थकान महसुस गर्नुको साटो फ्रेस र कुल महसुस गराउँछ ।
जब महिला–पुरुष इन्टरकोर्सपश्चात् एक–अर्काको प्रशंसा, प्रेमपूर्ण स्पर्श र आलिंगनबद्ध भएर केही समय व्यतित गर्छन् तब उनीहरूको यौन सुखानुभूति दुई गुणा हुन पुग्छ ।
-पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच