काठमाडौं । एनआइसी एसिया बैंकले कर्जाका ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने भएको छ । बैंकले २०८० पुसमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाका रूपमा वर्गीकरण भएका कर्जाको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैतसम्मको ब्याज तथा किस्ता रकम पूर्णरूपमा भुक्तानीका साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैतभित्र भुक्तानी गरेमा चैतसम्म लाग्ने जरिवाना तथा हर्जाना रकम छुट दिने भएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक यस्तो छुट योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका लागि सबै सरोकारवालाले आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न ऋणीका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच