काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।
यता, कांग्रेसले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ। सभामुख घिमिरेले दलका नेताहरूलाई २:३० बजे बोलाउनु भएको छ । सो छलफल अघि सभापति देउवाले पार्टी पदाधिकारीहरूसँग छलफल गर्नुभएकाे थियो ।
सभामुखले देउवासहित प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच