![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ४ दलको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले चार दलका शीर्ष नेताहरूसित छलफल थाल्नुभएको हो ।
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनु हुन्छ ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
यसअघि अघिल्लो संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए बैठक चल्न नदिने अल्टिमेटम दिनुभएको थियो।
प्रतिनिधि सभा बैठक भोलिका लागि डाकिएको छ । सो बैठकमा छानबिन समिति नबनेमा सदन अवरुद्ध गर्दै कांग्रेसले चेतावनी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच