✍️ शर्वराज आचार्य
भाषा लेखनमा सर्वाधिक विवादित बनेको विषय वर्णविन्यास हो । भाषा मुद्रणमा आएपछि यो विवाद बिस्तार-बिस्तार उठ्न थालेको हो । औपचारिक रूपमा भानु साहित्यले विसं १९४१ देखि मुद्रण हुने अवसर पायो । साहित्येतर कृति व्यक्त चन्द्रिका भने विसं १९४० मा मुद्रित भएको देखिन्छ । मुद्रण हुन थालेपछि श्रीकृष्ण आचार्य (आदिकवि भानुभक्तका बाजे) पनाति वीरेन्द्रकेसरी अज्र्याल (आदिकविका भानिज) ले भाषाको व्याकरण लेख्न थालेका हुन् । यिनले संस्कार नभएको भाषाको अर्थमा नेपालीलाई पर्वतीय प्राकृत भाषा भन्ने नाम दिएको बुझिन्छ ।
यसलाई संस्कार गर्नेहरू राममणि आदि, हेमराज पण्डित, सोमनाथ सिग्द्याल र विसं १९९१ तिरको नेपाली कसरी शुद्ध लेख्ने ? हुन् । वर्ण विन्यासमा राममणिले विवाद उठाउँदा उठाउँदै उनी पछिका लेखक र कृतिले नेपाली वर्ण विन्यास लेखनको नेतृत्व गरे । यही नेतृत्वको अनुसरण गरेर विसं २०४० सम्म विभिन्न व्याकरण लेखिए । आधा शताब्दी जति उल्लिखित नेतृत्वको वर्चस्व रहृयो ।
राममणिको समयदेखि नेपाली वर्ण विन्यासले मानकीकरण हुन प्रारम्भ गर्छ । प्रारम्भदेखिनै नेपाली वर्ण विन्यासमा अनुदारवादले प्रवेश गर्यो । यस समयमा नेपाली वर्ण विन्यासको उदारवादी प्रवृत्तिको वकालत गर्ने कृति हेमराज पण्डितको चन्द्रिका व्याकरण (१९६९) र सोमनाथ सिग्द्यालको मध्यचन्द्रिका (१९७६) हुन् ।
राममणि आदि (१९६५ तिर) को आगमनपूर्व वर्ण विन्यास सम्बन्धी स्पष्ट दृष्टिकोण पाइँदैन । किन्तु लेखन प्रकाशनका नमुना हेर्दा वर्ण विन्यासले कथ्य र लेख्य निकटता खोजेको देखिन्छ । हलन्त बहिष्कारवादी र सत्ताशक्तिसम्पन्न राममणिले संस्कृत र हिन्दी भाषा प्रभावित वर्ण विन्यासलाई प्रवेश दिए । उनले कथ्य लेख्य निकट नेपाली भाषाको प्रयोगलाई प्रवेश दिएनन् । कथ्यलेख्य निकटमा लेखिएका तत्कालीन लेख र कृतिहरूले मुद्रण हुने अवसर पाएनन् र नेपाली लेखन र मुद्रणको इतिहासमा राममणिको उट्पट्याङ भन्दै कतिपय लेखकले कलम बन्द गरे, लेख्नै छोडे ।
राममणिको समयदेखि नेपाली वर्ण विन्यासले मानकीकरण हुन प्रारम्भ गर्छ । प्रारम्भदेखि नै नेपाली वर्ण विन्यासमा अनुदारवादले प्रवेश ग¥यो । रामणिका एक समीक्षा (२०१५) र पुराना सम्झना (२०२९) भन्ने कृतिमा अनुदारवादी दृष्टिकोण पढ्न सकिन्छ । यस समयमा नेपाली वर्ण विन्यासको उदारवादी प्रवृत्तिको वकालत गर्ने कृति हेमराज पण्डितको चन्द्रिका व्याकरण (१९६९) र सोमनाथ सिग्द्यालको मध्यचन्द्रिका (१९७६) हुन् । यी व्याकरणका वर्णविन्यासका दृष्टिकोण नेपाली कसरी शुद्ध लेख्ने (१९९१) भन्ने सानो पुस्तिकाले जन समक्ष ल्यायो । पुस्तिकाले कथ्य लेख्य निकटताको नेपाली लेखन र वर्णविन्यासलाई आत्मसात् गर्दै परिष्कार गर्ने प्रयत्न गरेन तर वर्णविन्यासमा देखिएको अनुदार प्रवृत्तिमा मध्यम मार्ग/उदारवादको खोज गर्यो । यस उदारवादले विसं १९९१ देखि विसं २०४० सम्म नेपाली वर्ण विन्यासको नेतृत्व गर्यो ।
विसं २०३० पछि उल्लिखित उदारवादमाथि प्रहार हुन थाल्यो । प्रहारका कारण तत्कालीन परिवेशमा केही उदार भए पनि यो अनुदारवादकै पृष्ठपोषक बन्यो । यसमा आधुनिक वर्णविज्ञान र ध्वनिविज्ञानका आधार स्थापित मान्यताले प्रवेश पाएका थिएनन् । यसले शब्दस्रोतमा पाइने नेपाली शब्दबाहेक अन्य संस्कृत, प्राकृत र आगन्तुक स्रोतका शब्दका वर्ण विन्यासलाई तदर्थवादका आँखाले हेरेको थियोे । विसं २०३० को दशकपछि तदर्थवाद अनुदारवादी प्रवृत्तिमा परिणत भयो । किनभने नेपाली भाषाका अनुसन्धानपरक लेख, शोध, र शोध प्रबन्धहरूले धमाधम निस्किन थाले । यसले मौलिकवर्ण व्याकरण, मौलिक उच्चारण, पद व्याकरण र वाक्य व्याकरण निर्माण गर्न सक्ने हैसियत बनाउन थालेको थियो ।
विसं २०२९ को अन्तिम जेठमा साझा प्रकाशन र वि.सं. २०३४ मा त्रिभुवन विश्वविद्यायलयको अनिवार्य नेपाली शिक्षण समितिले नेपाली वर्ण विन्यासका बारेमा नेपाली भाषा विज्ञ र भाषाशिक्षकको भाषिक अधिगोष्ठी गरे । साझा प्रकाशनले गरेको भेलाले नेपाली वर्ण विन्यासका सर्वसम्मत नियम तय गरेको थियो । त्यसपछि तत्सम शब्दतर्फ वासुदेव त्रिपाठी र तद्भव आगन्तुक शब्दतर्पm तारानाथ शर्मालाई वर्णविन्यासको पुस्तिका बनाउन जिम्मा लगायो तर पुस्तिका प्रकाशनमा आउन सकेन । विसं २०२९ का निर्णयमा टेकेर विसं २०३४ मा नेपाली भाषा अधिगोष्ठी भयो । गोष्ठीले नेपाली भाषा शिक्षण निर्देशन (२०३६) को लिथो निकाल्यो ।
यही आधारमा मोहनराज शर्माको नेपाली वर्णविन्यास र भाषा वैज्ञानिक पद्धति (२०३६) र नेपाली बृहत् कोश (२०४०) हरू प्रकाशित भए । यस समयदेखि विसं २०४० पूर्वका अनुदारवादी र पछाडिका वर्णविन्यास उदारवादी भनी चिनिन थाले । नेपाली भाषाका लेखन प्रकाशन र प्रसारणमा उदारवादी वर्णविन्यास गतिशील भयो, यसको वर्चस्व बढ्यो । उदारवादी प्रवृत्तिलाई भाषा विज्ञानले गरेका नेपाली भाषा विशेष र भाषा सामान्यका अध्ययनले टेवा दिए ।
विसं २०४० तिर वर्णविन्यासमा अनुदार प्रवृत्ति भनेको नेपाली कसरी शुद्ध लेख्ने भन्नेमा स्थापित वर्णविन्यास हुन् । उदारवादी प्रवृत्ति भनेको विसं २०४० को नेपाली बृहत् शब्दकोशको भूमिकामा उल्लिखित वर्ण विन्यास हुन् । उदारवादी प्रवृत्तिले तत्सम शब्दलाई संस्कृत भाषाकै वर्ण विन्यासमा लेख्ने, तत्समेतर प्रत्ययले व्युत्पन्न तत्सम शब्दमा नेपाली वर्ण विन्यास लेख्ने, तद्भव र आगन्तुक शब्दको अगाडि र बीचमा ह्रस्व र सकार लेख्ने, अन्त्यमा प्रचलित वर्ण विन्यास अनुसार ह्रस्वदीर्घ लेख्ने, केही शिष्ट प्रचलनका शब्द, श्रुतिसम भिन्नार्थक शब्द र क्षतिपूर्तिदीर्घीभवन भएका शब्द यथावत् लेख्ने, केही प्रचलित शहर शहीद जस्ता शब्द आगन्तुकलाई यथावत् राख्ने, कर्मधारय समस्त शब्द पदवियोग गर्ने जस्ता नियम स्थापित गर्यो ।
वर्ण विन्यासमा एकरूपता नभएका कारण एउटै शब्दको उच्चारण र लेखनमा विविधता देखिएको छ । नेपाली भाषाका वक्ता, वाचक र शिक्षकगर्वका साथ अशुद्ध उच्चारण गर्दै टिभी, युट्युब र औपचारिक कार्यक्रम, सभा, सम्मेलन, प्रवचनमा बोलेको सुनिन्छ ।
यसमा तद्भव, आगन्तुक शब्दको अगाडि र बीचमा ह्रस्व र सकार लेख्ने, तत्समेतर प्रत्ययले व्युत्पन्न तत्समशब्दमा नेपाली उच्चारणानुसारी वर्ण लेख्ने र कर्मधारय समस्त शब्द पदवियोग गर्नेजस्ता नियम उदारवादी प्रवृत्तिका देखिए । उदारवादी वर्ण विन्यासलाई अनुसरण गरी मोहनराज शर्माको शब्द रचना र वर्ण विन्यास भाषा वैज्ञानिक पद्धति (२०३६) र हेमाङ्गराज अधिकारीको समसामयिक नेपाली व्याकरण (२०४९) आए । यी व्याकरणले नेपाली वर्ण विन्यासमा मात्र होइन नेपाली व्याकरणमा समेत नवस्थापना भित्र्याए । विसं २०५१ पछि दस जोड दुई, त्रिविविको प्रमाणपत्र तह र स्नातक तहमा उदारवादी वर्ण विन्यास र नयाँ व्याकरणले प्रवेश पाए । विद्यालयका नेपाली भाषा पाठ्यपुस्तकतर्फ पनि क्रमशः उदारवादी वर्णविन्यासको प्रविष्टि हुँदै गयो ।
पछिल्लो समयमा विसं २०४० को नेपाली बृहत् शब्दकोशले बनाएका नियमले समेटर अपवादमा छोडिएका वा नियमले नसमेटका शब्दको वर्णविन्यास यथावत् राख्ने र नराख्नेबीच विवाद देखियो । यथावत् राख्ने दृष्टिकोण वर्ण विन्यासमा अनुदारवादी प्रवृत्ति र स्थापित नियमभित्र पार्ने, अपवाद न्यूनीकरण गर्ने, कर्मधारयसहित समस्त शब्दलाई पदवियोग गरी लेख्ने वर्णविन्यासमा उदारवादी प्रवृत्ति देखिन आयो । उदारवादी प्रवृत्तिले नेपाल प्रज्ञाप्रतिष्ठानको विसं २०५७ को वर्णविन्यास विषयक गोष्ठी, त्रिविविको नेपाली शिक्षण निर्देशिका (२०६६), सबैको नेपाली (२०६७) र वि.सं.२०६७ को नेपाली भाषा सङ्गोष्ठीका निर्णयहरूको पुट पायो । विभिन्न विद्वत् निर्यणबाट यो पछिल्लो उदारवादी प्रवृत्ति नेपाली वर्णविन्यासको मानकीकरणको इतिहासमा तेस्रो उदारवादी प्रवृत्ति थियो । यसले केही शिष्ट प्रयोगका शब्द, श्रुतिसमभिन्नार्थक शब्द, क्षतिपूर्ति दीर्घीभवन भएका शब्द, आगन्तुक शब्द, कर्मधारयसहित लामा शब्दको वर्ण विन्यासलाई पूर्वनिर्मित नियमभित्र समेटेको छ ।
पाठ्यक्रम विकास केन्द्रले पनि क्रमशः विद्यालयतर्फका पाठ्यपुस्तकमा तेस्रो उदारवादी वर्णविन्यासलाई प्रवेश दिन थाले । विद्यालयका पाठ्यपुस्तकमा प्रवेश पाएपछि उदारवादी वर्णविन्यास थप विवादित बन्यो । विवाद बढ्दै जाँदा पाठ्यक्रम विकास केन्द्र ५।६ वर्ष प्रयोगमा ल्याएको उदारवादी प्रवृत्तिलाई पुनः प्रयोगमा नल्याउने निर्णय गर्न पुग्यो । विगत अर्धदशकदेखि शैक्षिक क्षेत्रमा अनुदारवादी वर्ण विन्यासको चपेटामा उदारवादी वर्णविन्यास परेको छ । अहिलेसम्म प्रकाशन र लेखनका क्षेत्रमा वर्णविन्यास स्थिरीकरण भएको देखिन्न । विद्युतीय र छापाका बुलेटिन, पत्रपत्रिका, जर्नल, पुस्तक आदिमा नेपाली वर्ण विन्यासमा एकरूपता पाइन्न । कतिपय प्रकाशनले आफ्नै शैली पुस्तिका लागु गरेका छन् ।
वर्ण विन्यासमा एकरूपता नभएका कारण एउटै शब्दको उच्चारण र लेखनमा विविधता देखिएको छ । नेपाली भाषाका वक्ता, वाचक र शिक्षकगर्वका साथ अशुद्ध उच्चारण गर्दै टिभी, युट्युब र औपचारिक कार्यक्रम, सभा, सम्मेलन, प्रवचनमा बोलेको सुनिन्छ । अशुद्ध उच्चारणमा अनुदारवादी र उदारवादी वर्ण विन्यासको प्रभाव के कति छ भनी अध्ययन गरिएको छैन । यता नेपालका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र समग्र नेपाली प्रकाशनमा उदारवादी र अनुदारवादी दुबै वर्णविन्यासको मिश्रित प्रयोग देखिन्छ । मिश्रित प्रयोेगलाई हेर्दा मात्रात्मक रूपमा अधिक उदारवादी वर्णविन्यास प्रयोग भएको पाइन्छ तर तुलनात्मक अध्ययन नगरी प्रयोगको मात्रा केलाउन कठिन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच