बझाङ । बुंगल नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुंवरले पाएसँगै नगरपालिकाको दैनिक कामकाज तथा कार्यसम्पादनमा सहज भएको छ ।
यहि चैत्र ७ गते बुधबारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नरेश कुँवरलाई दिएपछि अधिकृत कुंवरले नागरिकको आवश्यकता अनुसार काम गर्नका लागि भन्दै छोटो समयमै विभिन्न कामहरूको सुरुवात गर्नुभएको हो ।
अधिकृत कुंवरले सेवाग्राहीको सहजताका लागि नगरपालिकामा विद्युतीय भुक्तानी सेवा सुरुगर्दै प्रभावकारी कार्यसम्पादनका लागी नगरपालिका मातहतका सबै कार्यालयहरू, वडा कार्यालय र विषयगत शाखाहरू सबैलाई पत्राचार समेत गर्नुभएको छ । अधिकृत कुंवरले यस अघि नगरपालिकाको कार्यालय र मातहतका कार्यालय तथा संस्थाहरूमा कार्यरत कर्मचारी आफूखुसी बिदामा बस्ने एवं लापरवाही गर्ने गरेको कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको र कार्यालयप्रति सेवाग्राहीको जन गुनासो बढ्नुका साथै नकरात्मक बुझाई विकसित भएको भन्दै प्रभावकारी सेवा प्रवाह गरी सुशासन कायमगर्न सबैमा अनुरोध गर्नुभएको छ ।
साथै कार्यालयमा नियमित रुपमा उपस्थित भई पेशागत मर्यादा र पदीय उत्तरदायित्व निर्वाह तथा प्रचलित कानुनमा उल्लेखित आचरण सम्बन्धी नियमको पालना आफू पनि गर्न र मातहतका कर्मचारीलाई पनि गराउनुहुन पालिका मातहतका कार्यालयहरूलाई निर्देशन गर्नुभएको छ । त्यस्तै बुंगल नगरपालिकाबाट कार्यालय कामकाजको लागि गाडी भाडामा लिँदा मनोमानी लिने गरिएकाले कार्यालयका सवारी साधन बाहेकका गाडी भाडामा लिनुपर्दा इन्धन सहित दैनिक रु ५ हजार भन्दा बढी नहुने गरी भाडामा लिनभनि नगर कार्यपालिकाले नणिर्य गरेकोमा कार्यान्वयन गर्नुहुन पनि पत्राचार गरिएको छ ।
कसैले कार्यालय प्रमुखको स्वीकृत नलिई मनोमानी सवारी साधन भाडामा नलिन अनुरोध गर्दै लिएमा कार्यालयबाट भुक्तानी नहुने पनि बताइएको छ । साथै नगरपालिका र पालिका अन्तरगतका सम्पूर्ण कार्यालयलाई सेवाग्राहीको सहजताका लागि कार्यालय समयमा दिइने सेवालाई चुस्त ,दुरुस्त र छिटो छरितो बनाउन खाजा खाने समय हप्ताको छ वटै दिन दिउँसो २ बजे देखि २ः३० बजेसम्म कायम गरि सोही अनुसार गर्न गराउन पनि मातहतका कार्यालयलाई निर्देशन गरिएको छ। यसअघि इन्धन र समान खरिदमा पनि मनोमानी हुँदै आएकोमा अब नगरपालिका र अन्तरगतका सम्पूर्ण कार्यालयको दैनिक प्रायोजन र कार्यालय प्रायोजनका लागि इन्धन र अन्य सामाग्री कार्यालय प्रमुख बाट मागफाराम प्रमाणित गराइ स्टोरले शाखाबाट आधिकारिक खरिद आदेश बिना कुनै मालसामान निकासी नगरिदिन पनि पत्राचार गरिएको छ । साथै प्रक्रिया पूरा नगरी निकासी वा खरिद गर्ने व्यक्ति स्वयं जिम्मेवार हुने र कार्यालय भुक्तानी दिन बाध्य नहुने पनि बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच