
काठमाडौं । एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई अमेरिकामा नौ लाख रुपैयाँ बढी रकमसहित सम्मान गरिएको छ । ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशुल्क ताइची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गर्नुभएको छ । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा चार वर्षअघिबाट सञ्चालनमा छ । युएसए ओपन कराँते च्याम्पियनसिपमा भाग लिन अमेरिका पुग्नुभएकी एरिकालाई सम्मान गरिएको हो ।
उहाँलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदूरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा गु्रपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीहरूबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिनुभयो ।
युएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जित्नुभएको थियो । गत असोजमा चीनमा भएको १९औँ एसियाडमा एरिकाले रजत पदक जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच