काठमाडौं । हाम्रो शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं । धर्मशास्त्र अनुसार शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ ।
यसका बैज्ञानिक कारण नभएपनि धार्मीक रुपमा भने यसको महत्व रहँदै आएको छ । यहाँ हामीले त्यस्तै केही कोठीको चर्चा गरेका छौं । जुन कोठीले तपाईंको जीवन बारे कस्तो संकेत गरिरहेको छ त ?
- दायाँ आँखी भौँ भन्दा माथि र ओठ भन्दा माथि भएको कोठीले सुख वृद्धि गर्छ । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवन समेत राम्रो हुन्छ ।
- दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ। भने देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ।
- बायाँ आँखी भौँमा आएको कोठी भने अशुभको लक्षण हो । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवनमा नकारात्मक हुने शास्त्रमा उल्लेख छ । दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन्।
- दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन्। यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन्।
- माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ।
- यदि गर्दन र काँध जोडिएको भागमा कोठी छ भने त्यसलाई पनि शुभ मानिन्छ । त्यस्ता व्यक्तिहरु कर्मठ र जीवनमा सफलता हासिल गर्न सक्षम हुन्छन् ।
- गलामा कोठी आएको व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् । काखीमा कोठी हुनु पनि शुभ मानिन्छ । गर्धनमा कोठी हुने व्यक्तिहरु बढी आराम चाहिन्छ र आराम पनि मिल्छ।
- नाकको अघिल्लो भागमा कोठी हुनेहरु भोग विलासमा अधिक रुचि राख्ने हुन्छन् ।
- नाकको दाहिने तर्फ कोठी हुनेहरु कम प्रयासमै अधिक लाभ प्राप्त गर्न सक्ने हुन्छन् । तर, नाकको देब्रेपटि कोठी हुनुलाई चाहिं अशुभ मानिन्छ ।
- खुट्टाको औंलामा आएको कोठी अशुभ मानिन्छ । यस्ता व्यक्ति स्वतन्त्ररुपमा जीवन यापन गर्न सक्दैनन् ।
- औंलामा कोठी हुने व्यक्ति कार्यकुशल,व्यवहारकुशल र न्यायप्रिय हुन्छन्।
- कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसंग लडिरहनु पर्छ।
- पेटमा कोठी हुने खानाको पारखी हुन्छन्।
- जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन्। यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन्। यिनीहरु सहयोगी पनि हुन्छन्।
- औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन्।
- चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन्। तर यिनीहरुका शत्रु भने धेरै हुन्छन्।
- दाहिने खुट्टामा कोठी हुने व्यक्ति बुद्धिमान हुन्छन् तर खर्चालु स्वभावका हुन्छन्।
- बाँया गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ। जीवन भने एकनाशको हुन्छ ।
- माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन।
- गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन्।
- दाहिने छातीमा कोठी हुने व्यक्तिले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन्।
- जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन्। यिनीहरुलाई बुझ्न कठिन हुन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच