काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले मंगलबार स्थापनाको १४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उपनिर्देशक जीवनप्रकाश पाण्डेको उपस्थितिमा रूपन्देहीमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष रेवन्तबहादुर विश्वकर्मा, सञ्चालक मानबहादुर विश्वकर्मा (एमबी), संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधवप्रसाद नेपाल, संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष विश्वकर्माले १४औँ वर्षसम्म संस्थालाई साथ र सहयोग प्रदान गर्ने राष्ट्र बैंकलगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभएकोे थियो ।
वार्षिकोत्सका अवसरमा संस्थाका ३९ वटै शाखामार्फत् अपांगता भएका छात्र, छात्रा, जेहेन्दार तथा गरिब बालबालिकाका लागि शैक्षिक सामग्री वितरण, सामुदायिक विद्यालयमा पंखा, वाटर फिल्टरलगायत भौतिक सामग्री वितरण, दृष्टिविहीन, स्वास्थ्य संस्थामा भौतिक सामग्री वितरण, रक्तदानलगायतका कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । संस्थाले पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका ११ तराईका जिल्ला र थप आठ पहाडी जिल्ला गरी १९ जिल्लामा ३९ शाखामार्फत् करिब ४५ हजार समूह सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच