घिउकुमारीको प्रयोग कसरी गर्ने ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एलोभेरा त हामी सबैलाई थाहा नै छ । एलोभेरालाई गाउँघर तिर कतै घ्युकुमारी नामले पनि चिनिन्छ । विशेष गरी हरेकका घरमा साना गमला तथा केही पुराना भाँडाकुँडामा घिउकुमारी रोपेको देखिन्छ ।

घिउकुमारीलाई धेरै मान्छेहरूले जडीबुटीका रूपमा पनि लिने गर्छन् । त्यसैले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्यका सामग्रीहरूमा घिउकुमारीको प्रयोग भएको हुन्छ ।

यो पछिल्लो समय धेरै प्रयोग हुने गर्छ जस्तो सौन्दर्य निखार्नको लागि घिउकुमारीका पेस्टहरू बनाएर फेसमा लगाइन्छ । घिउकुमारीबाट विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रूपमा एलोभेराको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, फेसियल फोमलगायतका घिउकुमारीका प्रोडक्टहरु पाइन्छन् ।

कपालमा घिउकुमारी लगाउँदाका फाइदाहरू

घिउकुमारीले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ। घिउकुमारीको गुदी निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चम्किलो, स्वस्थ र लामो हुन्छ ।

एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गरी त्यसलाई केही समयको लागि छोड्ने ताकि हानिकारक तत्त्वले पहेँलो पदार्थको रूपमा पातहरू छोड्छ । त्यसपछि चक्कुको सहायताले पातका किनाराहरू हटाएर छालासहितका पातहरूलाई सानो टुक्रामा काट्ने र केरासँग मिक्सरमा पिसेपछि एलोभेराको माक्स तयार हुन्छ ।

त्यो माक्सलाई कपालमा लगाएर आधा घण्टा पछि कपाल पानीले राम्रोसँग धुने । यसो गर्दा एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्त्व हो । यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?