सुर्खेत । कर्णाली प्रदेश सरकारको पहिलोपटक नेतृत्व गर्दै नेकपा एमाले तेस्रोपटक सरकारमा सहभागी भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको सत्ता गठबन्धनमा कर्णाली एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको थियो ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै कर्णालीमा एमाले सरकारमा सहभागी भएको हो । शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख तिलक परियारले दलहरूलाई बहुमत पु¥याएर सरकार निर्माणका लागि दाबी पेस गर्ने मिति मंगलबारलाई तोक्नुभएको थियो । सोहीअनुसार दाबी पेस भएपछि कँडेल मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेस गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन् । कँडेललाई सभामुखबाहेक २३ जना बहुमत सांसदको समर्थन छ ।
कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गरे पनि मन्त्रालय भागबण्डाको विषय भने टुंगिएको छैन । सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूहरूले पाउनुपर्ने माग अघि सारेपछि भागबण्डमा कुरा नमिलेको जनाइएको छ । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रोपटक हो ।
१० पुस २०७९ मा माओवादी-एमालेबीच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि सरकारको नेतृत्वसहित सरकारमा इन्ट्री मारेको हो । उतिबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभएको थियो भने एमालेबाट तीनजना मन्त्री सरकारमा सहभागी भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच