
काठमाडौं । आगामी जेठ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’को गीत ‘खुला आकाश’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा लण्डनका रमणीय दृश्य कैद गरिएको छ ।
घनश्याम लामिछाने निर्देशन गरेको चलचित्रमा साम्राज्ञी, निश्चल, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको प्रमुख अभिनय छ । निश्चल र गरिमाको यो डेब्यु चलचित्र हो । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ ।
चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता रहनुभएको छ ।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रका सहनिर्माता हुनुहुन्छ । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता रहनुभएको छ ।
चलचित्रमा अभेद परवको डीओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर र विजय बस्यालको पोष्टर डिजाइन छ । चलचित्रका मुख्य सहायक निर्देशकमा फिरोज खड्का हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच