ढुंगा लागेर बझाङमा एक वृद्धाको मृत्यु

Read Time = 1 min

बझाङ । बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै ज्यान गएको छ ।

बुधबार केदारस्युँ गाउँपालिका १ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्लको मृत्यु भएको प्रहरीको भनाइ छ ।

रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर बिष्टले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?