सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित, आज पनि चुनिन सकेनन् सभामुख

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदा सम्मको लागि बैठक गरेको सूचना टाँस गरिसकेको ।

आज बिहान ११ बजे सभामुखको पुन निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाउनु भएकाे थियाे । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उहाँ सभामुख हुन पाउनुभएन । कांग्रेसका रावलले दुबै पटक २३ मत पाउनु भएकाे थियाे । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो । कांग्रेसले पुन निर्वाचन प्रक्रियाको माग गरेको थियो । पहिलो दिन भएको निर्वाचनमा बहुमत नआएपछि फेरी सुरुबाटै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने माग कांग्रेसले गरेको थियो सर्वदलीय बैठकमा सहभागी एक नेताले भने एमाले र माओवादीले त्यसको विरोध गरे । तर, सहमति भने जुट्न सकेन ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ । यता पहिलो चरणमा कसैले बहुमत नपुराउँदा के गर्ने भन्ने बारे अनिश्चित हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?