
कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको छ । लामो समयदेखि सौर्य उर्जाको सहारामा जीवन बिताउँदै आएका यहाँका नागरिकले पहिलो पटक राष्ट्रिय प्रशारण लाइनको विद्युत् बाल्न पाएका हुन् ।
कालीकोटका अन्य स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेपनि यहाँको नरहरिनाथ गाउँपालिकामा भने पुग्न सकेको थिएन । लामो समयदेखि विद्युत्का पोल गाडेर तार तानेपनि विद्युत् नपुगेपछि नरहरिनाथ गाउँपालिकाबासी अन्धकारमा बस्नुपर्ने बाध्यता थियो ।
आइतबार भने गाउँपालिकको वडा नम्बर–४ का वासीन्दाले राष्ट्रिय प्रशारण लाइनमार्फत बत्ति बालेका छन् । नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहाराका अनुसार वडा नं. ४ मा बत्ति बलेसँगै प्रशारण लाइनको पहुँचमा पुगेर सेवा लिइरहेका वडा ६ पुगेका छन् ।
यसअघि वडा नंं. १, २, ३, ८ र ९ मा बत्ति बलिसकेको र आइतबार ४ नं. वडामा विद्युत् पुगेर वडाबासीले बत्ति बालेको बताउनुभयो । २०७९ चैत्र १३ गते पहिलोपटक वडा नं. १ मा विद्युत् पुगेको थियो । वडा नम्बर–८ मा कार्तिक १८ गते र वडा नम्बर नं. ९ मा ०८० फागुन २ गते, २०८० साउन देखि असोजभित्र वडा नं. २ र ३ मा राष्ट्रिय प्रशारण लाइनको बत्ति बलेको प्रवक्ता बोहोराले बताउनुभयो । वडा नम्बर–६ मा भने बत्ति बाल्ने तयारी हुँदै छ ।
नरहरिथका नौ वडा मध्ये सुरुमा ९ नं. वडा लालुगाउँमा पहिलोपटक प्राधिकरणको ११ केभी वितरण लाइनबाट २ सय घरधुरीमा विद्युतको पहुँच पुगेसँगै “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकमा खुशी छाएको छ”, प्रवक्ता बोहोराले भन्नुभयो ,“अब यहाँका स्थानीयबासीको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरेका छौं ।”
उहाँका अनुसार यो पालिकाभरी राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो । विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुन थालेको उहाँले बताउनुभयो ।
०७८ जेष्ठ २४ गते पहिलोपटक कालीकोटको सदरमुकाम मान्नमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुगेपछि कालीकोटका ९ वटा स्थानीय तह मध्ये पलाँता गाउँपालिका र नरहरिनाथ गाउँपालिका विद्युत् सेवाबाट बञ्चित थिए । अब कालीकोटका आठवटा स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् बत्ति बलिसकेको छ भने पलाँता गाउँपालिका अझै पुगेको छैन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच