लण्डन । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी)लाई स्पेनिस टोली बार्सिलोनाले हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार राती भएको खेलमा पिएसजीलाई बार्सिलोनाले ३-२ ले हराएको हो ।
खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु पिएसजी टोली खेलमा फर्कियो । ४८औँ उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । बराबरीको ३ मिनेटपछि भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाउनुभयो । तर, ६२औँ मिनेटमा पेड्रीको सुन्दर पासमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउनुभयो । ७७औँ मिनेटमा मैदान भित्रिनुभएका आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाउनुभयो । आन्द्रेयासको गोल नै निर्णायक बन्यो । सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ ।
घरेलु मैदान सिभिटास मेट्रोपोलिटनो स्टेडियममा भएको खेलमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई हराएको हो । एट्लेटिको म्याड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डि पलले पहिलो गोल गर्नुभयो । ३२औँ मिनेटमा स्याम्युल लिनोले अर्को गोल थप्नुभयो । बोरसिया डर्टमुन्डका लागि सेबास्टेन हृयालरले खेलको ८१औँ मिनेटमा गरेको गोलबाहेक अरू गोल हुन सकेन । क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच