काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले इसिगरेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले स्वास्थ्यमा हानी पु¥याउने कुनैपनि सामग्रीको आयातमा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताउनु भयो । उहाँले युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानूनबाटै निषेध गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिक कसरी स्वस्थ बनाउन सकिन्छ ? यो राज्यको प्राथमिक विषय बन्नुपर्छ । युवा जनशक्ति स्वस्थ नबन्ने जुन खालको परिस्थिति बनेको छ, नीतिगत पक्षबाटै त्यसलाई हामीले राक्नेगरी न्युनिकरण गर्नेगरी जानुपर्छ । त्यसको लागि मुख्य विषय कानून बनाउने नै हो । कानूनबाटै हामीले निषेध गर्नसक्यौँ भने, कानूनबाटै रिफ्लेक्ट गर्नसक्यौँ भने धेरै समस्या समाधान हुनसक्छन् । यो भेवको मात्रै विषय होइन कि ? धेरै विषय छन्, जसले स्वास्थ्यमा हानी पु¥याउँछ, खाद्यान्नमा गुणस्तरीयता कायम गर्न सकेका छैनौँ, तरकारीमा विषादी परीक्षण गर्न सकेका छैनौँ । अहिले इसिग्रेटमा कुरा भएकाले यसलाई आयातमा रोक लगाऔँ । यसलाई पूर्ण प्रतिवन्ध लगाआँै । यसको हानी थाहा हुँदाहुँदै पनि देशलाई के फाइदा हुन्छ र आयात गर्नुप¥यो ? आयात गर्न दिन, निगरानी गर्ने, मूल्य बढाउने छ । प्रतिवन्ध गरौँ ।’
नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच