काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई हराएको छ । शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले चार बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाउनुभयो । ३५ बल खेल्नुभएका उहाँले ४ चौका प्रहार गर्नुभयो । कप्तान रोहितकुमार पौडेल २८, कुशल भुर्तेल २४ र दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहनुभयो ।
मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिनुभयो । मोहम्मद वाफिक र पवनदीप सिंहले १÷१ विकेट लिनुभयो । त्यसअघि अल अमेरात क्रिकेट ग्राउण्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाउनुभयो । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गनुभयो । शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहनुभयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिनुभयो । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रहृयो । जितसँगै नेपालले अंक तालिकामा दुई अंक जोडेको छ ।
ओमानको विजयी सुरुवात
यसअघि समूह ‘बी’ अन्तर्गतको खेलमा ओमानले बहराइनमाथि जित हात पारेको छ । शुक्रबार भएको खेलमा ओमानले बहराइनमाथि ३ रनको कठिन जित हात पारेको हो । पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७७ रन जोडेको थियो ।
ओमानका अकिब इल्यासले ६२, कप्तान जिसन मकसुदले ४५ र कश्यप प्रजापतिले ३८ रन जोड्नुभयो । बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाउन सक्यो ।
बहराइनका इमरान अलीले ५०, हैदर बटले ४७ र अहमद बिन नासिरले अविजित ३८ रन बनाउनुभयो । बहराइनलाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएका बेला २०औं ओभरको पहिलो बलमै नासिरले चौका प्रहार गर्नुभएको थियो । ५ बलमा ७ रनमात्र आवश्यक रहेका बेला ओमानका बिलाल खानले कसिलो बलिङ गर्नुभयो ।
यस्तै शुक्रबारै भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले कुवेतमाथि ७ विकेटको जित निकालेको छ । पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७८ रन जोडेको थियो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक ५४ रन बनाउनुभयो । सुरुका दुई बलमा लगातार विकेट गुमाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर अलिसान सराफु एक्लैले ४८ बलमा ९० रन जोड्नुभयो । यस्तै आसिफ खानले ४८ बलमा ७४ रन बनाउनुभयो । उहाँहरूबीच चौथो विकेटका लागि १५३ रनको साझेदारी भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच