सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ सिपालीका संजिव घलान साङ्गलोमा बाँधिएको धेरै भयो । उपचार तथा उद्धार अझैसम्म हुन सकेको छैन ।
नौ वर्षीय संजिवकोे हातमा कहिले खुट्टामा फलामे साङ्गलोले बाँधिएको हुन्छ । उहाँ चार वर्षदेखि साङ्गलोबाट फुत्किएर स्वतन्त्र हुन सकिरहनु भएको छैन । साङ्गलोमा बाँधिदाको कष्ट, भोक र अस्वस्थताको उहाँमा चर्को पीडा देखिन्छ ।
सरसफाई नगरिएको शरीर, झुत्रे पहिरनले उहाँको बेस्याहार भएको प्रष्ट झल्किन्छ । घर छोडेर जतासुकै हिड्ने र जे भेट्यो त्यही खाने गर्न थालेपछि साङ्गलोले बाँधेर राखिएको संजिवका बुबा तेजबहादुर घलानले बताउनुभयो । भन्नुभयो, ‘मजदुरी गरेर गुजार चलाउनु पर्छ । छोरालाई हेरचाह गरेर बसिरहने फुर्सदै मिल्दैन ।’
घुमेर नआउने मिठो बालापनको यो उमेरमा संजिवले आफ्नो घरभित्रै कैदी जीवन विताउन बाध्य हुनुहुन्छ । खेल्ने, रमाउने र पढ्ने कलिलो उमेरमा साङ्गलोमा बाँधिएर कठिन जिवन ज्यूको विकल्पमा अरु केही भेट्याउनु सक्नु भएको छैन ।
संजित तेजबहादुरको जेठी श्रिमती पटीको छोरो हुनुहुन्छ् । कान्छी श्रिमती पटी एउटा छोरो र तीन छोरीहरु छन् । संजितलाई जन्म दिइने आमाले छोडेर गएपछि हेरचाह गर्नेको अभाव छ । ‘खानेकुरा मागिरहन्छ, दिइरहने फुर्सदै मिल्दैन, आफु काममा निस्कनु पर्छ ।’
संजित शारीरिक, मानसिक र संवेगात्मक तवरले अस्वस्थ हुनुहुन्छ । ज्याला, मजदुरी गरेर बुबाआमा घर फर्किदा दिसापिसाबमा डुबेर बस्नु भएको हुन्छ ।
परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले उपचारका लागि अस्पतालसम्म पुर्याउन नसकिएको बुबा तेजबहादुरले दुखेको गर्नुभयो । ‘छोरा स्वस्थ बनाउन धामीझाक्री पनि लगाए । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,’ उहाँले भन्नुभयो, अहिले झन् रोगी बन्दै गएको छ ।’
दिनभर फलामे साङ्लोले सधैँजसो घर आगाडि बाँधेर राखिएकोे अत्यन्त विजोग र पीडादायी दृष्य देखिने स्थानीयबासी अनिल दाहालले बताउनुभयो । उहाँले भन्नुभयो्, ‘बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठीक हुन सक्छन् । बालकलाई अहिलेको नरकीय अवस्थाबाट उद्धार गर्नु आवश्यक छ ।’
वडा अध्यक्ष लालबहादुर स्याङ्गतानले बालकको उपचार तथा उद्धार गरिदिनु हुन आग्रह गर्नुभयो । ‘कहाँ र कसरी उद्धार गर्ने अलमलमा परेका छौँ,’ म सरकारी तथा गैरसकारी संस्थाहरुलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच