अज्ञात व्यक्तिद्वारा एनआइसी एशिया बैंकको शाखा कार्यालयमा तोडफोड

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । मुगु स्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ ।

गय राती ९:२१ बजे बैंकको मुल ढोका फोडेर एक जना व्यक्ति बैंक भित्र गएको बैंकको सिसि क्यामरामा देखिएको छ । उक्त व्यक्तिले बैंक भित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।

बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उनकाे ड्युटी राती ८ बजेसम्म मात्र भएकोले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको देखिन्छ ।

प्रहरीले दिएको जानकारि अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उस्को खोजी भैरहेको छ ।

ढोका फोर्ने र जुत्ता खुकुरि चोर्नु बाहेक अन्य कुनै क्षती नगरेको देखिएको पनि प्रहरिले बताएको छ ।

यस सम्वन्धमा बैंकका शाखा प्रमुख विश्वराज वुढासङ्ग बुझ्न खोज्दा उहाँले बैकका कर्णाली प्रदेश सुचना अधिकारी अनिल आचार्यसङ्ग बुझ्न भने पनि आचार्यलाई फोन गर्दा उहाँको फोन उठेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?