-पुरन साह
जनकपुरधाम । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष प्रकृती, संस्कृति, सदाचार र अनुशासनको महत्व दर्शाउने जुडशितल पर्व मिथिला र मधेशमा मनाइदै छ । जयेष्ठले कनिष्ठलाई एका विहानै टाउकोमा पानी थपतपाएर शितलता सहितको शुभ आर्शिवाद दिने र माटो हिलो खेल्ने पर्वका दिन खाने पकवानले पनि स्थानिय प्रकृति र साधन स्रोतको महत्व दर्शाउँछ ।
नयाँ वर्षको दोस्रो दिन आइतवार जनकपुरधामको गंगासागर सरोबरको घाट जहाँ गंगाआरती हुन्छ । सो स्थलमा दुई पुस्ताको उपस्थिति थियो । ज्येष्ठले आफु भन्दा सानाको टाउकोमा पानीले थप्थपाएर माटोको टिका लगाइदिदै थियो भने सानाले ज्येष्ठको खुट्टा छोएर आर्शिवाद थाप्दै देखियो । हो यो जुड शितल पर्वको संस्कृती र संस्कार हो ।
हरेक नयाँ वर्षको बैशाख २ गते मिथिलाञ्चल र तराई मधेशमा आज जुडशितल मनाइन्छ । यस पर्वमा अभिभावक लगायत परिवारका अग्रज सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल छर्केर आशीर्वाद दिने र माटोको टिका लगाएर वर्ष भरि शितलताको आर्शिवाद दिने परम्परा छ । यसरी सानाको शिरमा जल थपथपाउनुलाई जुराउनु पनि भनिन्छ । शिरमा जल थपथपाएर वर्ष भरि जुराउनु अर्थात शितलता प्रदान होस् भने आर्शिवाद प्रदान गरिन्छ ।
त्यहाँ पुगेका देशका आन्तिरक पर्यटकहरु विधिहरु देखेर सो विधीमा सरिक भए । उनीहरुले जुडशितलमा हुने संस्कार र प्राकृतिक संरक्षणको विचार सुनेर प्रशंसा गरे । साथै समाजका अग्रजहरुले छरछिमेकका सानाहरुलाई पनि घर आँगनमा पुगेर आर्शिवाद दिने गर्दछ । जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजनको तरकारी, तरुवा, बघरुवा, करहीबरही, भुजुवा, आँपको टिकुलाको चटनी वा तरुवा, तरकारी, पापड, सतु लगायत विभिन्न व्यन्जन तयारी गरि भान्सा घरको चुल्हालाई भगवान् विष्णुको रुपमा पूजाआजा गर्ने गर्छन् ।
आजको दुवै छाकका लागि पाकेका सम्पुर्ण ब्यञ्जनले सर्व प्रथम चुल्होलाई चढाएर पूजापाठ सकेपछि मात्र भोजन गर्ने चलन छ । विहान पाकेको भोजन आज साँझ पनि खाएर भान्साको चुल्हा सहितका सरसमानलाई आजको दिन आराम गर्न दिइन्छ । यस दिन व्यक्ति मात्र होइन भान्छा समेतलाई जुराउने परम्परा रहेको छ । आजका दिन शिरमा जल राखी आशीर्वाद दिँदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ । आजको दिन मलिलो माटो सहितको हिलोमा समेत खेल्दा शितलता पाउने भएकाले खेल्ने गरिन्छ । यो परम्परा हराउदै गएपनि यस वर्ष भने जनकपुरधाममा विभिन्न संस्था र युवाहरुले माटो खेलेका छन् ।
जनकपुरधाममा गंगाआरती गर्ने शेभ द हिस्टोरिकल जनकपुरले गंगासागर किनारमा, लायन्स क्लवले जानकीचौक स्थित अरगज्जासर तलाउ किनारामा स्थानिय युवाहरुसंग र श्री राम युवा कमिटिका युवाहरुले कमिटिको प्राङ्गणमा मलिलो माटो खेलेर गुडशितल मनाउने गर्छन् । प्रदेश सांसद तथा गंगाआरतीको प्रारम्भकर्ता पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष राम अशिष यादवले जुड शितल पर्वले मानवलाई प्रकृतिका मुख्य अंश माटो र जलसंग अपनत्व बढाउनुका साथै जिवनका लागि त्यसको महत्व दर्शाउने बताउनु हुन्छ ।
उहाँले माटो र जल बिनाको जिवन कुनै पनि प्राणीले सोच्न नसक्ने बताउनु भयो । जानकीचौकका युवा अगुवा शुसिल कर्णले जगत जननी माता जानकी स्वयम् माटोबाटै उत्पति भएकोले माटोको महत्व रहेको र जुड शितलले मानवलाई त्यही माटोको परिचय गराउने काम गरेको प्रा. डा. भोगेन्द्र झाले बताउनु भयो । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ । सो अवसरमा अगुवा अमरचन्द्र अनिल, शेभ द हिस्टोरिकल जनकपुरका अध्यक्ष राजकुमार महासेठ, कवि काशिकान्त झा पत्रकार विरेन्द्र रमण सहितले आ-आफनो धारणा राख्नुभएको थियो ।
यता जनकपुरधाममा चैती छठ आजै मनाइदै छ भने चैती दशैंको पनि रौनकता छाएको छ । जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा पोखरी, दशरथ तलाउ सहितको सरोबरमा ब्रतालुहरु आज अस्ताउदो सुर्यलाई अर्घ तथा सोमवार विहान उदाउँदो सुर्यलाई अर्घय दिएर छठ पर्व मनाउदै छ भने बुधवार रामनवमी मनाइने तयारी छ । नयाँ वर्ष, चैती दशैं र छठ, रामनवमी तथा जुड शिलत सहितका पर्वहरु एकै साथ आगमणको अवसर जुटेपछि धार्मिक नगरि जनकपुरधाममा उल्लास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच