
काठमाडौं । नयाँ वर्षका अवसरमा महालक्ष्मी विकास बैंकले सेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत् प्रदान गर्ने उद्देश्यसाथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि-आस्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत् लिन सक्नेछन् ।
शून्य मौज्दातमै खोल्न सकिने खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आस्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । टिएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीसँग आवश्यक सहकार्यसमेत बैंक आफैंले गर्नेछ । बैंकले देशभर १०३ शाखा कार्यालयबाट करिब सात लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच