इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३३ हजार ७९७ पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ । इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ९४ जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३३ हजार ७९७ र घाइतेको सङ्ख्या ७६ हजार ४६५ पुगेको छ ।

इजरायली नौसैनिक डुङ्गाहरूले सोमवार उत्तरी गाजापट्टीमा आफ्नो घर फर्कन खोजिरहेका दर्जनौं बिस्थापित प्यालेस्टाइनीहरूलाई गोली हानेका बताइएको छ । जसमा कम्तीमा पाँच जना घाइते भएका प्यालेस्टाइन सरकारले बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?