-पुरन साह
जनकपुरधाम । मधेश प्रदेशसभामा तनाव उत्पन्न भएको छ । मंगलवार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक बिश्वासको मत लिने कार्यसूची छ ।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसदहरुले सप्तरीको राजविराजमा मुख्यमन्त्रीको उपस्थितीमा तत्कालिन शिक्षामन्त्री एवं जनमतका नेता महेश यादव सहितका नेतामाथि भएको आक्रमणको विषयमा आफुहरुले पटक पटक संसदलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै बैठक चल्न नदिने अडान राखे ।
जनमतका सबै सांसदहरु उभिएर बैठकमा अवरोध गरेपछि एमालेका सांसद तथा संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रतिवद्वता गर्न खोज्दा कांग्रेसका सांसदहरु जनमतको पक्षमा उभिएर आक्रोस व्यक्त गर्दा तनाव उत्पन्न भएको छ । व्यक्तिगत कुरा संसदमा ल्याउन नहुने भन्दै एमालेका ठाकुरले धारणा राखेपछि जनमत र कांग्रेसका सांसदहरु रोष्टम तर्फ अगाडि बढ्दै नारावाजी गरेका थिए ।
कांग्रेसको आक्रोस असामान्य देखिएको छ । त्यसपछि उत्पन्न परिस्थिति साम्य पार्न सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थागित भएको घोषणा गर्नुभयो । यता मुख्यमन्त्री सरोजकुमार यादवलाई लोसपाले मत नदिने भएको छ । अव मत दिने परिस्थिति नरहेको नेता जितेन्द्र सोनलले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच