![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/birgunj-bhansar.jpg)
ओखलढुंगा । ब्यावसायिक तथा सिपविकास तालिम केन्द्र ओखलढुंगाले माथिल्लो सगरमाथाका तीन जिल्लाका युवाहरुलाई स्वरोजगार बन्न तालिमको आयोजना गर्दै आएको छ ।
ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्ग जिल्लाका युवाहरुलाई स्वारोजगार तालिमको आयोजना गर्दै आएको हो । देश पुनःसंरचनामा जानु भन्दा अगाडी ओखलढुंगा जिल्लामा मात्र काम गर्ने गरी स्थापना भएको तालिम केन्द्र पुनः संरचना पश्चात तीन जिल्ला हेर्ने गरी स्थापना भएको छ ।
आफ्नो कार्यक्षेत्र भित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न खालका सिपमुलक तालिमको आयोजना गर्दै आएको छ । लामो अवधीको तालिमम र छोटो आवधीको तालिम गरी दुई खालका तालिम सन्चालन गर्ने गरेको भविन्द्र कुमार खत्रीले जानकारी दिनु भयो ।
मागका आधारमा जुनसुकै ठाउँमा गएर पनि तालिमको ब्यवस्था गर्ने गरेको खत्रीले बताउनु भयो । गैर नाफामुलक संस्था र नाफामुलक संस्थासँगको समन्वयमा तालिम सन्चालन हुदै आएको छ । तीन महिनाको लामो अवधीको तालिम गैरनाफामुलक संस्था सँगको समन्वयमा गर्ने गरेको र छाटो अवधी (एक हप्ता देखी ६ हप्ता सम्म) का तालिमहरु नाफामुलक संस्था सँगको समन्वयमा सन्चालन हुने गरेको छ । संस्थाहरुलाई प्रतिस्पर्धाबाट सुचिकृत भएका संस्थाहरुलाई तालिम सन्चालन गर्न दिइने गरेको बताएका छन् ।
कार्यालयले गरेको प्रस्ताव आव्हानमा इन्छुक संस्थाले भरेको माग फारमको आधारमा संस्था छनौट गरी तालिम सन्चालन गर्ने गरेको बताएका छन् । छोटो अवधीको तालिममा स्वरोजगार तथा बैदेशीक रोजगारको लागि सहयोग पुग्ने तालिम दिँदै आएको छ । छोटो अवधिको तालिममा कम्प्युटर डिप्लोमा, मुढा बनाउने, स्यानिटरी प्याड बनाउने, च्याउखेती, कुक, सरफ बनाउने, बेकरी, वेटर, मोरीपालन लगायतका तालिम सन्चालनमा छन् । त्यसै गरी लामो अवधीको तालिम (तीन महिना) आधारभूत कम्प्युटर तालिम, कटाई सिलाई, सिकर्मी, मोबाईल मर्मत, विद्युत जडान, केश श्रृंगार, ढाका बुनाई लगायतका तालिमहरु दिने गरिएको छ ।
तालिम पश्चात युवाहरुले ब्यावसाय सन्चालन गरी राम्रो आम्दानी गर्ने गरेको कार्यालयले बताएको छ । मोबाईल मर्मत, कटाई सिलाई विद्युत जडान, ढाका बुनाई तालिम लिएका युवाहरुले स्वरोजगार भएको बताएका छन् । बैदेशीक रोजगारीमा जाने युवाहरुले पनि सिप सिकेर जाँदा काम गर्न सजिलो हुने बताएका छन् । थोरै लगानीमा सन्चालन गर्न सकिने कटाई सिलाई तालिम पश्चात धेरै महिलाहरुले व्यवसाय शुरु गरेको प्रशिक्षक कोपिला श्रेष्ठले बताउनु भयो ।
लामो अवधिको तालिममा सहभागी हुनेहरुलाई दैनिक खाजाभत्ताको रुपमा करसहित ५० रुपैयाँ दिने व्यवस्था रहेको छ । त्यसै गरी छोटो अवधीको तालिम सन्चालन गर्दा संस्था सँगको सम्झौताका आधारमा तालिम सम्पन्न पश्चात एकमुष्ट रकम संस्थाको खातामा दिने गरेको बताएका छन् । यो आर्थीक वर्षमा नियमित तीन सय १५ जना र छोटो अवधिको तीन सय ६० गरी जम्मा ६ सय ७५ जना कोटाको तालिम रहेको कम्प्युटर अपरेटर लुकहरी वाँस्तोलाले बताउनु भयो । बताएका छन् । जिल्लाका दुरदराजका गाउँहरुमा पनि तालिम सन्चालन भईहेको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच