क्यासलेस मेडिकल सेन्टर

Read Time = 2 mins

काठमाडौं । नेपालमै पहिलोपटक सुरुमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ । जसबाट सुरुमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । सुरुको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताउनुभयो ।

कम्पनीका अनुसार यस किसिमको सेवा नेपालमै र सम्भवत दक्षिण एसियामै पहिलो हो । मेडिकल सेन्टरमा सुरुमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ । जुन रकमको भुक्तानी कुनै पनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ ।

मेडप्रो इन्टरनेशनल प्रालिको सञ्चालनमा मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टर काठमाडौंको धुम्बाराहीमा सञ्चालनमा आएको हो । मेडिकल सेन्टरको सुविधा लिन सुरुमा सदस्य बन्नुपर्नेछ । सेन्टरमा क्रेडिट बेशमा सेवा लिन पाइनेछ । जहाँ डाक्टरको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिनेछ । पोलिक्लिनिकल स्तरको मेडिकलमा एक्सरे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरको परामर्श सेवा जस्ता सुविधा रहेका छन् भने घरदैलो सेवासमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?