तेक्वान्दो टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी जेठ १५ देखि अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु २०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिमको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सहभागी हुने टिमका खेलाडी तथा प्रशिक्षकलाई खादामालासहित शुभकामनाका साथ बिदाइ गर्नुभयो । सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरू पुरुषतर्फ वीरबहादुर महरा (-६८ केजी), निरज देउवा (-८७ केजी), गोविन्दबहादुर आले (-६३ केजी) रसुमित विष्ट (-५४ केजी) रहनुभएको छ ।

महिलातर्फ इन्दिरा बस्नेत (-६७ केजी), आयशा लामा (-५३ केजी) काजल श्रेष्ठ (-४९ केजी) र युनिशा राई (-४६ केजी) रहनुभएको छ ।
प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावलले सहभागिता जनाउनुहुनेछ । बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ र केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?