तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएकाे छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताउनुभयाे ।

देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन  गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उहाँले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गर्नुभयाे ।

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?