भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानोदुम्माको सुप्लामा रहेको श्री सन्तानेश्वर महादेवथान मन्दिर परिसरमा बुधवारबाट श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ बैशाख ५ बाट १३ गतेसम्म संचालन हुने छ ।
मन्दिरको पूर्वाधार निर्माण र जग्गा खरिदको लागि सहयोग संकलन गर्दे धार्मिक पर्यटन प्रवर्धनका लागि ज्ञान महायज्ञको आयोजना गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउनुभयो । २०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हुनालाई त्यसको प्रचार प्रसारमा समेत ज्ञान महायज्ञले सहयोग गर्ने अध्यक्ष राईको भनाई रहेको छ ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राईले भन्नुभयो, “धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रकारुपमा इतिहास बोकेको मन्दिरलाई चिनाउन हामीले सप्ताह ज्ञान महायज्ञ सुरु गरेका छौ, यसमा दाताहरुबाट संकलन भएको रकमले मन्दिरको जग्गा ब्यवस्थापन गर्ने योजना छ ।” चागुनारायण नगरपालिका वडा नम्वर ८ का पण्डित दिपक सापकोटाबाट महायज्ञमा कथा बाचन हुने छ ।
महायज्ञमा नियमितरुपमा पूजा एवं पाठपारायण, कथावाचन, आरती, प्रसादग्रहण तथा सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । मन्दिरमा सन्तानेश्वर महादेव, गुप्तेश्वर महादेव, शिवलिङ, हिमालय लगायतको पनि पुजा हुने गरेको छ । हलेशी पछिको दोश्रो मन्दिरकारुपमा सन्तानेश्वर महादेव मन्दिर परिचित रहदै आएको छ ।
आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले धर्म संस्कृति र मन्दिर संरक्षणमा पनि यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महायज्ञमा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो । महायज्ञमा करिव २० हजारको प्रत्यक्ष सहभागिता हुने दावी आयोजक पक्षको रहेको छ । महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई बिभिन्न सम्मान समेत गरिने आयोजकले पक्षले जनाएको छ । यो मन्दिरमा दर्शन गरेमा सन्तान नहुनेहरुका लागि सन्तान समेत प्राप्त हुने बिश्वास रहदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच