
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ ।
मुख्यमन्त्रीका दाबी पेश गर्न लाग्नुभएका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले समर्थन जनाएको हो।
आज एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिनुभएको छ ।
एमालेको समर्थनमा सोडारीले अहिले केहीबेरमा प्रदेश प्रमुख नजिर मियासामू दाबी पेश गर्ने तयारी छ। सोडारीलाई एमालेसहित माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षले समर्थन गर्नेछ ।
एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्।
वैकल्पिक गठबन्धनको प्रयासस्वरुप एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार राति भेटवार्ता गर्नुभएको समाचार बाहिरिएको थियो। सो भेटमा पनि एमालेले सोडारीलाई स्वीकार नगरे दुई दल मिलेन जाने बारेमा छलफल भएको बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच