
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिनामा विभिन्न शीर्षकमा ४५ अर्बभन्दा बढी अर्थात् ४५ अर्ब ५२ करोड ५९ लाख राजस्व छुट दिएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भन्सारतर्फ छ महिनामै ३५ अर्ब ६६ करोड २८ लाख कर छुट दिएको छ । सो अवधिमा छ खर्ब २१ अर्ब ६८ करोड ३० लाख मूल्यको आयातमा उक्त बराबरको छुट दिएको हो । आन्तरिक राजस्वतर्फ मन्त्रालयले नौ अर्ब ८६ करोड ३१ लाख कर छुट दिएको छ ।
मूल्य अभिवृद्धि ऐन २०५२ को दफा ५(३) तथा अनुसूची-१ अन्तर्गत आयात भएका वस्तुमा सबैभन्दा धेरै महसुल छुट दिएको छ । उक्त शीर्षकमा चालु वर्षको छ महिनामै एक खर्ब १४ अर्ब ६२ करोड ३३ लाखको आयातमा १५ अर्ब ६४ करोड ३४ लाख बराबरको छुट दिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्थलमार्ग हुँदै आयात भएका ३१ अर्ब ६२ करोड तीन लाखको सामानमा १० करोड ६३ लाख छुट दिएको छ । आर्थिक ऐन २०८० का विभिन्न दफाले दिएको छुटबाट एक खर्ब ९२ अर्ब ३० करोड २८ लाख बराबरको सामान आयात भएको छ । जसमा सरकारले १२ अर्ब ६० करोड १६ लाख राजस्व छुट दिएको छ । नाफारहित संस्थाले आयात गर्ने सामानमा ४१ करोड कर छुट दिएको छ । वैदेशिक ऋण अनुदानमा सञ्चालित आयोजनामा आवश्यक सामग्री आयात गर्दा दुई अर्ब ३० करोड राजस्व छुट दिएको छ ।
त्यस्तै, कूटनीति सुविधातर्फ आयात भएका सामानमा ७७ करोड चार लाख छुट दिएको छ । भारतमै उत्पादन भई भारतबाटै प्रतितपत्र जारी भएका सामानमा ७७ करोड चार लाख छुट दिएको छ भने साफ्टा छुटअन्तर्गत दुई अर्ब २२ करोड ९६ लाख कर छुट दिएको छ । भन्सार ऐन २०६४ को दफा ९ बमोजिम २२ करोड ९२ लाख छुट दिएको छ भने आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै छुट आयकर ऐनको दफा ११ बमोजिमको व्यावसायिक छुट तथा सुविधा शीर्षकमा चार अर्ब ११ करोड ९२ लाख छुट दिएको छ । स्वीकृत अवकाश कोषको आयमा एक अर्ब ४४ करोड ८९ लाख छुट दिएको छ । नगरपालिकामा सञ्चालित सहकारीले तीन अर्ब दुई करोड ७३ लाख, उपमहानगरपालिकामा सञ्चालित सहकारीले ३० करोड ३२ लाख र महानगरपालिकामा सञ्चालित सहकारीले ९५ करोड ५९ लाख आयकर छुट लिएका छन् । सहकारीले मात्रै चार अर्ब २८ करोड ६४ लाख कर छुट लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच