
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्वपूर्ण कदम चालिरहेको बताउनु भएको छ ।
इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनु भएको हो ।
उहाँले इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार मिलन लिम्बूलाई जिताउन आग्रह पनि गर्नुभयो ।
गृहमन्त्री लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला ।’
अर्बौ खरबौंको भ्रष्टाचारलाई लुकाएर नयाँ दल पनि त्यस्तै हो भन्ने बनाउन खोजिँदै गरेको उहाँले बताउनु भयो । तर, आजका जनताका सचेत र विवेकी भएका कारण के सत्य र के झुठो हो भन्ने छुट्याउन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच