काठमाडौं । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका तर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने म्याराथन प्रतियोगितामा नेपालका तर्फबाट २० वर्षीय धावक दीक्षितमात्र छनोट हुनुभएको हो । विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
लामो दूरीको दौडतर्फ विश्वभर चर्चित म्याराथन प्रतियोगिता आइतबार लण्डनमा हुँदैछ । प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका छन् ।
बच्चैदेखि शारीरिक व्यायाम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँदिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयका साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जित्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच