![इतिहासबाट हामीले कहिले सिक्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2023/10/mani-Sharma.jpg)
वासिंटन । विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ । एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कूल ११ अर्ब अमेरिकी डलरको प्रतिबद्धता घोषणा गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विश्व बैंक समूहको लिभरेजिङ क्षमताले प्रदान गरिएका स्रोतहरूमा १० वर्षमा छदेखि आठ गुणा गर्न अनुमति दिन्छ र प्रतिज्ञा गरिएको स्रोतहरूमा निश्चित परिस्थितिमा यो १० गुणासम्म पुग्न सक्छ । यी प्रतिज्ञा गरिएका स्रोतहरूले सीमापार चुनौतीहरूको सामना गर्न र विकास लक्ष्यहरूलाई अगाडि बढाउन तत्काल कोषमा ७० अर्ब डलरसम्म उपलब्ध गराउन सक्छ ।
‘हामीले यी नयाँ वित्तीय साधन विकास गर्न कडा परिश्रम गरेकाले हाम्रो उधारो क्षमतालाई बढावा दिन्छ, दाता कोषलाई बढाउँछ र अन्ततः हामीलाई धेरै मानिसको जीवनमा सुधार गर्न अनुमति दिन्छ’, विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले भन्नुभयो, ‘यी मुलुकका उदारता हामीले बैंक सुधार गर्न गरेको प्रगतिको समर्थन हो र विश्वव्यापी रूपमा विकासका लागि उनीहरूको साझा प्रतिबद्धताको संकेत पनि हो ।’
बेल्जियम, फ्रान्स, जापान, अमेरिकालगायत ११ मुलुकले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्ममा प्रतिज्ञा गरेका छन् भने डेनमार्क, जर्मनी, इटाली, लाटभिया, नेदरल्याण्ड्स, नर्वे र बेलायतले हाइब्रिड पूँजीका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । जापानले नयाँ लिभेवल प्लानेट फन्डमा प्रारम्भिक योगदान गर्नका लागि प्रतिबद्धता जनाएको छ । मुलुकहरूको आपसी योगदानले पर्यावरणीय चुनौतीको सामनामा अन्तर्राष्ट्रिय सहयोगको महत्वमाथि प्रष्ट पार्दछ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच