हामीमाझबाट विभिन्न घटनाक्रम छोडेर विसं २०८० साल बिदा भएको छ । २०८० साल बिदा भएसँगै हामी अब ९० को दशकमा प्रवेश गरेका छौं । एउटा नयाँ बिहानी लिएर नूतन वर्ष आएको छ । हरेक वर्षजस्तै नयाँ उमंग र उत्साह लिएर यो वर्ष हामीमाझ आएको छ । यति बेला हामीसँग बिदा भएको वर्षका अनेक कोणबाट समीक्षा भइरहेका छन् । विगत वर्षको समीक्षासँगै र नयाँ वर्षसँग सबैका धेरैका अपेक्षा छन् । आमनेपालीको नयाँ वर्षमा धेरै अपेक्षासँगै राजनीतिले सही बाटो ल्याउन सफल होस् भन्ने चाहना छ । यो नयाँ वर्षमा देशमा विकासको लहर छाओस् । राजनीतिक खिचातानीले देश बर्बाद नहोस् भन्ने आमचासो छ ।
राजनीति सही बाटोमा हिँड्न सके अरू सबै ठीक हुँदै जान्छ । सबैभन्दा चिन्ताको विषय भनेको राजनीतिक दल र तिनका नेताहरू इमानदार बन्न नसक्दा देश बन्न नसकेको हो । राज्यसत्ताको चरम दुरुपयोग गरेर देश बर्बाद गर्नेहरू हावी हुँदै आए विगतमा । त्यस कारण आज देशमा विभिन्न समस्या निम्तिएको जगजाहेर छ । २०८० सालको राजनीति त्यति सही ढंगले अघि बढ्न सकेन । सत्ताको खेलमा अधिकाश समय व्यतीत भयो । सत्ता बनाउने र भत्काउने खेलले ८० साल विनाअर्थ बित्यो । सत्ता स्वार्थका चास्नीमा हाम्रा मुख्य दलका शीर्षनेता लिप्त भए । बनाउने-गिराउने खेल भनेको देश र जनताको भविष्यमाथिको खेलबाड हो । त्यस्तो स्थिति नदोहोरियोस् भन्ने जनताको माग हो ।
खराब राजनीतिले देशलाई अघि बढाउँन सक्दैन । राजनीति शुद्ध हुनुपर्छ । खराब राजनीति हावी हुँदा देशको भविष्य बिग्रिएको छ । देश, जनताको भाग्य र भविष्य निर्माण गर्न देशभक्त र लोकतन्त्रवादी शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।
सत्ता र शक्ति प्राप्तिका लागि जे मन लाग्छ त्यो गर्ने छुट कसैलाई छैन । राजनीतिक दल गलत बाटोमा जाँदा जनताले दुःख पाइरहेका छन् । राजनीति देश, जनताको पक्षमा भन्दा पनि नेताहरू आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त बनिरहेका छन् । नेताहरू देश र जनताको पक्षमा गम्भीर बन्न नसक्दा समस्या थप जटिल बन्दै गइरहेका छन् । देशमा देखिएका समस्या समाधान गर्नेतर्फ राज्य गम्भीर भएर लाग्नुपर्छ । नेपाली जनता धेरै समस्यामा छन् । जनताका समस्या हल नभएसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । बिगतवाट पाठ सिकेर राजनीति दलहरू अघि बढ्नुपर्ने जरुरी देखिएको छ ।
खराब राजनीतिले देशलाई अघि बढाउँन सक्दैन । राजनीति शुद्ध हुनुपर्छ । खराब राजनीति हावी हुँदा देशको भविष्य बिग्रिएको छ । देश, जनताको भाग्य, भविष्य निर्माण गर्न देशभक्त र लोकतन्त्रवादी शक्ति एक भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । केही तत्वहरू देशलाई प्रतिगमनतिर लैजान खोजिरहेका छन् । तिनीहरूको सपना पूरा हुन नदिन लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने देखिन्छ । सरकार चलाएरमात्र हुँदैन, जनताको भविष्य बनाउने मार्गचित्र कोर्न सक्नुपर्छ । अराजनीति तत्व हावी बन्दा देश र जनताको भविष्य अन्धकार बनिरहेको छ । जनतालाई भुलभुलैया र भ्रममा पारेर कति दिन राजनीति चल्छ ? राजनीतिमा भ्रमको खेती गरेर मुलुकलाई अघि बढाउन कुनै हालतमा सकिँदैन । भ्रमको खेती राम्रो कुरा कुरा होइन ।
राजनीतिमा जनताको आशा, विश्वास र भरोसा हुनुपर्छ । निष्ठाको राजनीतिले मात्र मुलुकलाई अघि बढाउँछ । अहिले देशमा निष्ठाको राजनीति हराउँदै गएको छ । विगतमा निष्ठाको राजनीति हुन्थ्यो । गाणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, बलबहादुर राई, मनमोहन अधिकारी लगायतका नेताहरूले निष्ठको राजनीति गर्दथे । अहिलेका नेताहरू कमाउने धन्दामा लिप्त छन् । पार्टीको सिद्धान्तलाई यिनीहरूले तिलाञ्जलि दिइसकेका छन् । कसरी नातागोता र आफ्ना मान्छेलाई व्यवस्थापन गर्ने भन्नेतिरमात्र ध्यान गएको पाइन्छ । राजनीति आफ्ना मान्छे, आशेपाशेलाई व्यवस्थापन र व्यापार भएको छ यति बेला ।
हाम्रा राजनीतिक दल र तिनका नेताहरूले जनताको मुद्दामा बहस गरेको पाइँदैन । केवल चिन्ता छ त नातावाद, कृपावाद र फरियावादको । लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहेछन् यिनीहरू । मिलीजुली खाने, तैँ चूप, मैँ चूप भएर बस्ने सिद्धान्त अगिंकार गरेका छन् । केवल सत्तास्वार्थका लागि गठबन्धन गर्छन् । गठबन्धन भत्काउँछन् र फेरि गठबन्धन गर्छन् । स्वार्थ मिलुन्जेलसँगै हिँड्छन् । स्वार्थ बाझिएपछि सत्तोसराप गर्छन् । यिनीहरूमा थोरै नैतिकता, जवाफदेहिता र इमानदारी देखिँदैन । केन्द्रमा मात्र होइन यसको असर स्थानीय तहसम्म पुगेको छ ।
स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म राजनीतिलाई व्यापारीकरण गरिएको छ । जनताको करमा डकार्नेहरू देश बनाउनेभन्दा पनि आफू बन्ने काममा लागिरहेका छन् । यसरी राजनीति गरेर हँुदैन । पछिल्लो समयमा राजनीतिमा बदमासी बढ्दै गएको अवस्था देखिन्छ । नेताहरूले निष्ठाको राजनीति गर्न सिके भनेमात्र देशमा केही हुन्छ । राजनीतिलाई कमाउने भाँडो बनाउँदा देशमा समस्या निम्तिएको हो । राजनीति भनेको समाजसेवा हो । समाजसेवाका नाममा व्यापार मौलाउँदै गएको छ । दल र तिनका नेताहरूको चरित्रबाट आउँदा पुस्ताले के सिक्ने ?
आज देशमा पौरख गर्नेभन्दा राजनीति गर्ने बढी भए । जुन देशमा काम गर्नेभन्दा बढी नेता हुन्छन् त्यस देशमा विकास हुँदैन । देशको विकासमा लाग्नुपर्ने जनशक्तिलाई यति बेला विदेशको माटो सिञ्चन गर्न हामीले बाध्य बनाएका छौं । देशमा काम गर्ने जनशक्ति नभएपछि देशको विकास कसरी हुन्छ ? देशमा विभिन्न असहजतासँग लड्दै अघि बढ्नुपर्ने अवस्था देखिन्छ । राजनीति सधैँ एकनासले अघि बढ्दैन । कहिलेकहीँ घुमाउरो बाटो पनि समाएको देखिन्छ । राजनीति निष्ठाको धरातलमा उभिएको हुन्छ । राजनीति एउटा अभ्यास हो । राजनीति समाजको लागि गरिन्छ ।
त्यसैले राजनीतिमा इमानदार र योग्य नेता आउनुपर्छ । राजनीति न्यायका लागि लडिन्छ । अहिले देशको राजनीति अस्थिरतामा फसेको छ । अस्थिर राजनीतिले मुलुकको भविष्य के हुने हो कुनै ठेगान छैन । राजनीति अस्थिर र अराजक भयो भने देश र जनताले दुःख पाउँछन् । सही राजनीति भयो भने देशको मार्गचित्र कोर्छ । नेता राम्रा र योग्य नभए देश बर्बादीतर्फ जान्छ । राजनीति चलायमान भयो भनेमात्र अन्योल हट्छ । राजनीतिको गन्तव्य र मार्गचित्र स्पष्ट हुनुपर्छ, त्यसो भयो भनेमात्र देश बन्छ । देश बनाउन सबै नागरिक इमानदारीका साथ लाग्नुपर्छ । नागरिक इमानदार बन्दा पनि देशमा केही फरक हुन्छ । सरकार गलत बाटोमा हिँड्छ भने नागरिकले सडकबाट खबरदारी गरिरहनुपर्छ ।
आज देशमा जनता राजनीतिको नाममा अल्मलमा परिरहेका छन् । राजनीतिले जनतामा वितृष्णा जगायो । आज कुनै जनता खुशी छैनन् । जताको मुखमा उज्यालो छैन । बिहान बेलुकाको छाक टार्नसमेत सर्वसाधरण सकसमा छन् । जनताको चुल्हो निभ्ने अवस्था आउन थाल्यो ।
राजनीतिमा व्यापार बढेर गयो भने त्यो देशमा प्रगति हुँदैन । अहिले देशमा सीमित व्यक्ति र समूहले कमाउने र जनता कंगाल बन्ने अवस्था देखिएको छ । आज देशमा जे भइरहेको छ, त्यसमा जनता सन्तुष्ट छैनन् । जनता सन्तुष्ट हुन नसकेको अवस्थामा सरकार हुनु र नहुनुको कुनै अर्थ हुने छैन । राजनीति गर्ने मान्छे कमै छन् तर राजनीतिको नाममा अराजनीति भइरहेको छ । राजनीति कुन हो र अराजनीति कुन हो छुट्याउन असजिलो भएको छ । राजनीति गर्नेहरूमा निष्ठा, धैर्य, सहनशील दूरदर्शी, पारदर्शी र उत्तरदायित्व बोध हुनुपर्छ । राजनीतिको धर्म भनेको इमानदारी हो । राजनीति गर्नेहरूले सत्य बोल्न सक्नुपर्छ । आज शक्ति र सत्तामा कहिल्यै नपुगेका व्यक्तिहरू पनि राजनीतिमा छन् ।
उनीहरू सत्ताको भर्याङ चढ्न सकिरहेका छैनन् । राजनीति गर्न अब पैसा चाहिने भयो । पैसाविना राजनीति नहुने भयो । मूल्य र मान्यताको राजनीति हराउँदै गयो । असल कर्ममा निरन्तर लाग्नु राजनीति हो । गलत नीतिलाई हामी राजनीति भन्ने भुल गरिरहेका छौं । साम, दाम, दण्ड, भेद, गरेर चुनाव जित्नु, सांसद हुनु, मन्त्री हुनु राजनीति होइन । त्यो अराजनीतिको पराकाष्ठा हो । त्यो केवल राजनीतिको आडमा गरिएको कुकर्म हो । आज देशमा नयाँ पुस्ता पनि राजनीतिमा उदाएका छन् तर यी नयाँ पुस्ताहरूको काम गर्ने तरिका र व्यवहार हेर्न बाँकी छ । देश र जनताका पक्षमा के कति खरो उत्रन्छन त्यो बिस्तारै हेर्दै जाने कुरा हो ।
आज देशमा जनता राजनीतिको नाममा अल्मलमा परिरहेका छन् । राजनीतिले जनतामा वितृष्णा जगायो । आज कुनै जनता खुशी छैनन् । जताको मुखमा उज्यालो छैन । बिहान बेलुकाको छाक टार्नसमेत सर्वसाधरण सकसमा छन् । जनताको चुल्हो निभ्ने अवस्था आउन थाल्यो । सरकार कानमा तेल राखेर बसिरहेको छ । जनताका तमाम समस्या ज्यूँका त्यूँ छन् । सरकारले समस्या समाधान गर्नेतर्फ खासै ध्यान दिएजस्तो देखिँदैन । मुलुकप्रति सरकार गम्भीर बन्न सक्नुपर्छ । सरकार भनेको जनताको अभिभावक हो ।
जनताका समस्या समाधान गर्ने कुरामा सरकार दिनरात खट्ने हुनुपर्छ । त्यसो भयो भनेमात्र सरकार लोकप्रिय बन्न सक्छ । जनताका काम सहज रूपमा हुनुपर्छ । ढिलासुस्ती अटेरीपन हुनुहुँदैन । जनताको अवस्थामा परिवर्तन आउनुपर्छ । अब कुरा गरेर मात्र हुँदैन व्यवहारमा देखाउनुपर्छ । जनतामा निराश आउन दिनु हुँदैन । जनता निराश बने भने विद्रोह हुनसक्छ । विगतवाट पाठ सिकेर दलहरू अघि बढ्नु जरुरी छ । राजनीति विकृत हुँदै जानुमा केही हदसम्म हामी जिम्मेबार छौं । हामीले सशक्त ढंगले विकृत राजनीतिका विरुद्ध आवज बुलन्द गर्न नसक्नु दुःखद् पक्ष हो ।
राजनीति मानिसका लागि घृणाको विषय बन्दै जानु पक्कै पनि राम्रो होइन । हाम्रो राजनीतिमा जमेको फोहोर सफा गर्न ढिला भयो भने यसले अझ बर्बादीतर्फ हामीलाई धकेल्नेछ । राजनीतिको आडमा घुसखोरी दुष्चरित्रले मुलुक विक्षिप्त छ । इतिहासबाट सिकेर इतिहासलाई सम्मान गर्दै भविष्यको स्वप्न बुन्नतर्फ प्रेरित होस् नयाँ वर्ष । पुर्खाको विरासतलाई धमिल्याउने वर्तमानको नेतृत्वलाई कुनै अधिकार छैन् । नयाँ पुस्ताले विकृत राजनीति हटाउन आवश्यक परे हस्तक्षेप गर्न जरुरी छ । नयाँ वर्षले विगतका कमी कमजोरीलाई हटाउँदै भ्रष्टीकरण हुँदै गएको राजनीतिलाई सही मार्गमा डोर्याउन सकोस् । यही कामना नयाँ वर्षसँग ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच