भोजपुर । भोजपुरमा सुरु गोल्डकप फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, काठमाडौंले भारतको जर्जियन फुटवल क्लव, कालिमपोङलाई शुन्यकाबिरुद्ध चार गोलले पराजित गर्दे सेमीफाइनलको चरण प्रवेश गरेको छ । आइतवार भएको उदघाटन पछिको पहिलो खेलमा शुन्यको बिरुद्ध चार गोल गर्दे त्रिभुवन आर्मीले बिजयी सुरुवात थालेको हो ।
भोजपुर सदरमुकामको कोदार रंगशालामा आइतवारबाट सुरु प्रतियोगितामा भारतको टिमबाट कुनै पनि गोल हुन सकेन । त्रिभुवन आर्मीका लागि जर्सी नम्वर ३५ का बसन्त जिम्वाले एक गोल, जर्सी नम्वर ६ का सुरज बस्नेत ले एक गोल, जर्सी नम्वर १३ का पदम तामाङले एक गोल गरेका थिए भने भारतको तर्फबाट एक गोल आत्मघाती भएको थियो ।
प्रतियोगिताको म्यान अफ द म्याच त्रिभुवन आर्मी क्लबका जर्सी नम्वर ३५ का बसन्त जिम्वा हुनु भएको छ । उहाँले नगद ५ हजार पाउनुभयो । भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा ४९ लाख २५ हजार पाँच सय बरावरको अनुमानित लागतमा संचालन भएको प्रतियोगितामा भारतको एक टिम सहित आठ टिमको सहभागिता रहेको छ । बैशाख ९ गतेबाट १५ सम्म संचालन हुने प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाउने छन् ।
प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम संकलन गरिने आयोजक जिल्ला फुटवल संघका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिव ११ लाख रकम संकलन भई सकेको छ भने अन्य रकम पनि संकलन गरिने छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिताको उद्धघाटन आइतवार भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आलेले गर्नु भएको
थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच