![होम्ताङका घरघरमा बुनिन्छ नाङ्लो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bhojpur-hotang-naglo-bundai.jpg)
काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पु¥याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आईतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पु¥याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । उहाँले नेकपा(एमाले) राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताउनु भयो । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताउनु भयो । उहाँले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रुपमा भुमिका खेल्दैछ । तर निर्णायक रुपमा नेकपा(एमाले)रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनावद्ध ढंगले आफूलाई अगाडी बढाउनु जरुरी छ । एमाले मात्रै होइन, अरु कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पंक्तिमा पर्ने पक्षहरु पनि छन् । ति सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा(एमाले) बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रुपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ । त्यसकारणले एमालेलाई बलियो बनाउने, सुदृढ गर्ने, विचारमा स्पष्ट, संगठनमा सुदृढ, जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजेको चिज यही हो । यदि विचारमा लिरिबिरी गर्नेहरुको पंक्ति बढ्दै गयो भने एमाले कमजोर हुनेछ । संगठन सुदृढ भएन भने एमाले कमजोर हुनेछ । र जनतामा स्थापित भएको, लोकप्रियता प्राप्त गरेका व्यक्तिहरु नेतृत्वमा रहेनन् भने एमाले कमजोर हुनेछ । त्यसकारणले एमालेलाई सुदृढ गर्नु, मजबुत बनाउनु, विचार, संगठन, नेतृत्वमा उसका आचरणहरुमा सुदृढ गर्नु राष्ट्रिय शक्ति निर्माण गर्ने कुराको महत्वपूर्ण पक्ष हो । मिसन ०८४– एमालेलाई बहुमतमा पु¥याउने, त्यो भनेको एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पु¥याउने काममा हामी सबै लाग्नुपर्दछ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताउनु भयो । उहाँले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच