![लेखापरीक्षण प्रतिवेदन नबुझाएका यी राजनीतिक दललाई आयोग सोध्यो स्पष्टीकरण](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/nirwachan-aayog-hita.jpg)
चितवन । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लाग्नुभएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ । नेपाल तेक्वान्दो संघले आठौँ वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो ।
चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सम्मान गर्नुभएको थियो ।
चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको थियो ।
पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लाग्नुभएको पहिलो नेपाली खेलाडी हुनुहुन्छ । गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जित्नुभएको थियो । ओलम्पिकमा दुई खेल जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुनुहुन्छ ।
कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।
यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेष्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । यस्तै, उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।
यसैगरी एनटिए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो । यस्तै, एनटिए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो । संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेश प्रदेश तेक्वान्दो संघलाई प्रशंसापत्रबाट सम्मानित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच