काठमाडौं । हृवाइट लोटस पावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हृवाइट लोटसले जारी पुँजीको २६ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन तथा बिक्री गर्न लागेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र हृवाइट लोटस पावरका कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गर्नुभएको छ ।
हृवाइट लोटसले लमजुङ जिल्लाको भुलभुलेस्थित हिदी खोलामा ६.८२ मेगावाट हिदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच