झापा । झापाका सहकारीमा शृङ्खलाबद्ध चोरी गर्ने गिरोह मकवानपुरको भएको खुलेको छ । सुनसरीको इटहरीबाट तीन दिन अघि ९ वैशाख ७ गते पक्राउ परेका सबै ६ जना नै मकवानपुरका भएको झापा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्तबहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र गढी गाउँपालिका ८ का २८ वर्षीय अजय राना मगर छन् । उनीहरूले झापाका विभिन्न १३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
मोरङका सहकारीमा भएको समेत चोरीका घटनामा समेत उनीहरु संलग्न भएको अनुसन्धानबाट खुलेको छ । जिप्रका झापाको हिरासतमा रहेका उनीहरू विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनु भयो। तीन दिन अघि पक्राउ गरेपनि झापा प्रहरीले आइतबार मात्रै पहिचान खुलाएको हो ।
सहकारी चोरीको घटनामा सम्लग्न केही व्यक्ति पक्राउ परेको बताए पनि अनुसन्धानमा प्रभावित हुन सक्ने भन्दै उनीहरूको झापा प्रहरीले पहिचान खुलाएको थिएन।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, सुनसरी र झापाको विशेष प्रहरी टोलीले पक्राउ गरेका उनीहरूको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री समेत बरामत गरिएको छ ।
पक्राउ परेकाहरु एकै गाउँका भएको र उनीहरू सहकारीमा चोरी गर्ने, गाउँ फर्कने र फेरि आउने गरेको खुलेको प्रहरीले जनाएको छ । अन्य चोरीका घटनामा समेत संलग्न हुन सक्ने सम्भावना रहेकाले अनुसन्धान जारी राखिएको प्रवक्ता चन्दले बताउनु भयो ।
झापाका सहकारीमा लगातार चोरी र तोडफोडको घटना हुनथालेपछि झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालय झापाको ध्यानाकर्षण गराएको थियो । संघको ध्यानाकर्षणसँगै झापा प्रहरी दबाबमा परेको थियोे ।
सो गिरोहले चैत ५ गते राति गौरादह नगरपालिका ९ बैगुनधुरा बजारमा रहेको शुभलक्ष्मी सहकारीको सेवा केन्द्रबाट १२ लाख नगद चोरी गरेको थियो ।
त्यसैगरी सो गिरोहले चैत १६ गते हाम्रो नेपाल सहकारीको हल्दिबारी गाउँपालिका ४ मंगलबारे बजारमा रहेको मंगलबारे सेवाकेन्द्रको झ्याल फुटाएको थियोे । स्थानीबासीले थाहा पाएर होहल्ला गरेपछि चोरहरु भागेका थिए । सिसिक्यामेराका फुटेज लिएर प्रहरीले चोरको खोजी तीव्र बनाएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच