![होम्ताङका घरघरमा बुनिन्छ नाङ्लो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/bhojpur-hotang-naglo-bundai.jpg)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।
सोमवार नेकपा(एमाले)ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समिक्षा गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपाली कम्युनिस्ट आन्दोलनको पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो भन्ने सम्वन्धमा समिक्षा हुनुपर्ने बताउनु भयो । कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उहाँको भनाई छ । उहाँले सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समिक्षा गर्नुपर्ने पनि बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मुल गन्तव्य भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समिक्षा समेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ । सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले किन, के, कति सफलता हासिल गरे ? र के–कस्ता विफलता बेर्होर्नुप¥यो ? नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चैँ सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाई हुन्छ । साच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलहरुले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेलाबेलामा समिक्षा गर्दै अगाडी बढ्नुपर्दछ । आजको दिनले सम्वद्ध सबैलाई यस विषयमा चिन्तन गर्ने प्रेरणा प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु । अबको हाम्रो मुल अभीष्ट र गन्तव्य भनेको जनताको जीवनस्तरमा सुधार गर्दै संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुनुपर्दछ । यसका लागि हामीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्वाधिन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्दछ । यसरी मात्र हामीले देशलाई समृद्ध र जनतालाई सुखि बनाउन सक्छौ भन्ने मलाई लाग्दछ ।’
पूर्वराष्ट्रपति भण्डारीले महत्वपूर्ण विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने बताउनु भयो । उहाँले दलहरुले परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु संकट, अन्तर्राष्ट्रिय सिमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरिय शिक्षा र रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर कार्यान्वयन गर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘कतिपय विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडी बढ्ने उच्चस्तरको राजनीतिक संस्कृतिको विकास गर्नै पर्दछ । अन्यथा प्राप्त भएको राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्रै होइन । लोकतान्त्रिक राजनीतिक प्रणालीले आलोचनाको भागिदार बन्नुपर्दछ । त्यसैले राजनीतिक दलहरुले यस विषयमा समेत बेलैमा ध्यान दिनुपर्दछ । हाम्रा निकट छिमेकि मित्रराष्ट्रहरु भारत र चीनले अभुतपूर्व सामाजिक, आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुशी र प्रेरणाको विषय पनि हो । यि दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्येनजर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्दछ । विकासका साझेदार अन्तर्राष्ट्रिय संस्थाहरु सँगको सम्बन्धलाई समेत थप कसिलो बनाएर आपसि हितका निम्ति अग्रसर बन्नुपर्दछ । साथै परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु संकट, अन्तर्राष्ट्रिय सिमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरिय शिक्षा, रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर हाम्रो देशका राजनीतिक दलहरुले तिनको कार्यान्वयन गर्न अग्रसर हुनुपर्दछ ।’
उहाँले आफू राष्ट्रपतिको जिम्मेवारीमा रहँदा संवैधानिक राष्ट्रपतिको भुमिका जे हुनुपर्ने हो सोही अनुरुपको काम गरेको पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच