
ओखलढुंगा । ओखलढुंगा जिल्लामा आगलागीका कारण ९ सय १९ हेक्टर जंगल डढेलोबाट सखाप भएको छ ।
हिँउद महिना लागेसँगै जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा लागेको आगोका कारण वन क्षेत्र सखाप भएको हो । जिल्ला वन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार यो आर्थीक वर्षको बैशाख महिनाको पहिलो हप्ता सम्म ९ सय १९ हेक्टर वन आगलागीबाट क्षेति भएको छ ।
संख्यात्मक रुपमा कम र क्षेतिका हिसाबले सबै भन्दा बढी क्षेति मानेभञ्याङ गाउँपालिकामा भएको छ । जम्मा एउटा महादेव सामुदायिक वन मानेभञ्याङ–५ मा भएको आगलागीले ३ सय ५० हेक्टर वन सखाप भएको छ । यो नै जिल्लामा आगलागीले भएको वनको क्षेति मध्ये सबै भन्दा बढी क्षेति हो । त्यसै गरी संख्यात्मक रुपमा र क्षेति भएको क्षेत्रफलको आधारमा पनि सबै भन्दा कम खिजीदेम्बा गाउँपालिका रहेको छ ।
थामगर्सिङ्ग सामुदायिक वन खिजीदेम्बा–६ मा लागेको आगोले जम्मा ६ हेक्टर क्षेत्रफल मात्रै क्षेति भएको छ । मोलुङ गाउँपालिकामा २ वटा सामुदायिक वन रानीवन सामुदायिक वन मोलुङ –७ र सिटाघारी सामुदायि वन मोलुङ–८ मा आगलागी भएको छ । जसमा ३८ हेक्टर वनक्षेत्र जलेको छ । संख्यात्मक रुपमा सबैभन्दा बढी चिसंखुगढी गाउँपालिकामा १२ वटा सामुदायिक वनमा आगलागी भएको छ । जसमा १ सय ७२ हेक्टर वनक्षेत्रफलमा क्षेति भएको छ । दोश्रोमा सुनकोशी गाउँपालिका रहेको छ । जसमा ८ वटा सामुदायिक वनमा आगलागी भएको छ भने १ सय ८८ हेक्टर वनक्षेत्रफलमा क्षेति पुगेको छ । चम्पादेवी गाउँपालिकामा ७ वटा सामुदायिक वनमा आगलागी भएको छ । जसमा ७७ हेक्टर वनमा क्षेति पुगेको छ । सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकामा ४–४ वटा सामुदायिक वनमा आगलागी भएको छ । नगरपालिकामा ४६ हेक्टर क्षेत्रफलमा क्षति भएको छ भने लिखु गाउँपालिकामा ४२ हेक्टर क्षेत्रफलमा क्षेति पुगेको जिल्ला वन कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
वनमा भएको आगलागीका कारण ४ वटा घर र एउटा विद्यालयको स्टोर रुम समेत जलेर नष्ट भएका छन् । तिल्केनी सामुदायिक वन चिसंखुगढी गाउँपालिका–३ दियालेमा भएको आगालागीमा परि ब्यक्तिका २ वटा घर जलेका छन् भने खानेपानीमा समेत क्षेति भएको स्थानियबासीले बताएका छन् । चिसंखुगढी गाउँपालिकाकै वडा नं ५ सेर्नास्थित थुलेथुम्को सामुदायिक वनमा आगलागी हुँदा ब्यक्तिका २ वटा घर जलेर नष्ट भएका छन् । चम्पादेवी–९ को देवीथान सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत हुँदा जीवनज्योती माध्यमिक विद्यालय मिश्रभञ्ज्याङ्गको स्टोर रुम जलेर नष्ट भएको छ । उक्त स्टोर रुम जलेर नष्ट हुँदा १० लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाले जनाएको छ । त्यसै गरी सामुदायिक वनमा लागेको आगोका कारण बहुमूल्य जडीबुटीहरु जलेर नष्ट भएका छन् । कति जडीबुटी जलेर नष्ट भए र कति जंगली जनावर हताहत भए भन्ने तथ्याँक संकलन भई नसकेको जिल्ला वन कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच