काठमाडौं । सिद्घार्थ बैंकले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याबारेमा सचेत गराई भावी पुस्ताका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।
बैंकले सरसफाइ कार्यक्रमअन्तर्गत सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । साथै बैंकले बालबालिकालाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीबारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट सर्भेज प्लाष्टिक’ मा चित्रकला प्रतियोगितासमेत आयोजना गरेको थियो ।
बैंकले देशैभरि फैलिएको आफ्ना १९६ शाखा (पाँच एक्सटेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटिएममार्फत् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच