काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिअनुरूप आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आउने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भण्डारीले तयारी वस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुर्ई तहको फरकमा भन्सारदर कायम गरिने जानकारी गराउँदै सरकारले यसपटक नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिअनुरूप नै बजेट ल्याउने स्पष्ट पार्नुभयो ।
सो अवसरमा उहाँले दोलखामा रहेको ओरियन्टल म्याग्नेसाइट खानीसमेत सरकारले तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ । उक्त उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेकोमा अब सञ्चालनमा ल्याउन नीतिगत व्यवस्थाका लागि सरकार तयार रहेको उहाँको भनाइ थियो । उद्योग सचिव कृष्णबहादुर राउतले सरकारले आगामी आर्थिक वर्षको नीतिमार्फत् देशमा उद्योगी व्यवसायीको मनोबल उच्च बनाई औद्योगिक वातावरण निर्माण गर्ने नीति लिएको भन्दै हाल देखिएका समस्या बजेटमार्फत् सम्बोधन गरिने बताउनुभयो । महासंघका महासचिव बालकृष्ण सिवाकोटी नेतृत्वको प्रतिनिधिमण्डलले विद्यमान आर्थिक संकटको मुख्य कारण अत्यावश्यक वस्तु उत्पादन गरी राष्ट्रिय पुँजी निर्माण गर्ने उद्योग तथा व्यवसाय विकास नहुनु भएको भन्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
उद्योगको आन्तरिक तथा बाहृय लगानी, स्थापना र सञ्चालन गर्दा दर्जनौं निकायमा धाउनुपर्ने साथै समयावधिसमेत अत्यधिक लाग्ने भएकाले छिटो छरितो तरिकाले उद्योग स्थापना गर्न तथा उद्योग सञ्चालन हुन नसकेको अवस्थामा बन्द गर्नसमेत एकद्वार प्रणाली व्यवस्था हुनुपर्ने बताइएको छ ।
त्यसैगरी औद्योगिक विकासका लागि देशभित्रै खानी सञ्चालन तथा उच्च भ्यालुएड गरी तयारी वस्तु निर्यात गर्नुपर्ने महासचिव सिवाकोटीले बताउनुभयो । दोलखामा ठूलोमात्रामा ओरियण्टल म्याग्नेसाइट खानी रहे पनि लामो समयदेखि बन्द अवस्थामा रहेको भन्दै नेपाललाई प्रत्यक्ष लाभ हुने त्यस्ता खालका खानी तथा अन्य उद्योग सञ्चालनमा ल्याउनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा महासंघका कोषाध्यक्ष डिमप्रकाश पौडेल, सचिवालय सदस्य डा. तिलचन्द्र भट्टराई, सूर्यबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच