काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आउनु भएका थानीले आज प्रचण्डसँग भेटवार्ता गर्न लाग्नु भएको हो ।
वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने कार्यक्रम छ ।
त्यस्तै नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका रुद्रकली र खगेन्द्रप्रसाद नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।
थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । साथै उहाँको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने गएराति नै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजमा समेत सामेल हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच