मुगु । मुगुको एक गाउँका ८० वर्षिया जेष्ठ नागरिकले बल्ल नेपाली नागरिकताको प्रमाण-पत्र पाउनु भएको छ ।
मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका ५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाउनु भएको हो ।
२००० साल बैशाख १२ गते जन्मनु भएकी कामीलाई आज प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकत प्रमाण पत्र नम्बर ५८-०१-८१-०००४१ को नेपाली नागरिकता प्रदान गर्नु भएको हो ।
३५ वर्ष अघि कामीका श्रीमान सोनाम तेन्जीन कामीको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २-३ दिन हिड्नु पर्ने भएपछि जान आउन समस्या र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा नागरिकता लिन ढिलाइ भएको थियो । श्रीमानको मृत्यु भएपछि घरमा कमाउने मान्छे नभएर सानमा २ छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान नहुँदा नागरिकता बनेन । २ छोरा मध्ये एक छोराको सिलाजित निकाल्दा लडेर मृत्यु भयो । अर्को छोराको पनि आकाे नागरिकता नहुँदा उनकाे पनि नागरिकता बनेन । अहिले छोराबाट २ नातिनी र १ नाती जन्मिसकेका छन् । छोरा र मेरो नागरिकता नहुँदा उनीहरुको जन्मदर्ता नबन्दा सरकारले दिने बाल भत्ता पाएका छैनन मैले नागरिकता पाएँ अब छोराको पनि बन्ने भयो र नाति नातिनिहरुले पनि भत्ता पाउने भए खुशी हुँदै आफ्नो नयाँ बनेको नागरिकता देखाउँदै नोन्जोम कामीले यस्तो बताउनु भएको हो ।
श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूची सहित अन्य कागजातहरु पुगे पछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछी ८० वर्षिया आमालाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।
८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएको थियो ।
विभिन्न सन्चार माध्यममा यो परिवारको बारे समाचार आएपछी स्थानिय समाजसेवी सोनाम लामा कार्मारोङ्ग र वडा अध्यक्ष दावा साङवा तामाङ्गले आमाको जिम्मा लिएर सदरमुकाम ल्याउनु भएको थियो ।
सदरमुकाम आएको १७ दिनसम्म सोनाम लामा कार्मारोङ्गले ८० वर्षिया आमाको नागरिकता सम्वन्धी कागजात जुटाएपछि बल्ल आज आमाको नागरिकता बन्न सकेको हो ।
आमाले नागरिकता पाएसँगै अब छोराको नागरिकता, नाती, नातिनीहरुको जन्मदर्ता र भत्ता उपलब्धताको प्रकृयामा आफू लाग्ने समाजसेवी लामाले बताउनु भयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच