म्याग्दी । म्याग्दीको म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौदेखि त्रिपालको ओत मुनि रहेको छ ।
तातोपानी कुण्डमा डुबेर उपचार गराउने विरामीहरुहरूमा त्यहाँसम्म जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओत मुनि बसेर विरामीहरु तातोपानी कुण्डमा डुब्न वा स्नान गर्न वाध्य छन् ।
अघि पछि कुनै समस्या नहुने भएपनि ठूलो पानी पर्दा र चर्को घाम लाग्दा भने समस्या उत्पन्न हुने र विरामीहरुले सास्ती व्यहोर्नु पर्ने कुण्डमा डुब्न आउनुभएको चिमखोलाका शेरबहादुर पुनले बताउनुभयो ।
दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको यस कुण्डको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।
प्राकृतिक तातोपानीमा डुब्दा विभिन्न रोग निको हुने विश्वास गरिन्छ । यसअगाडि सानो पोखरी रहेकोमा तीन वर्ष अघि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पुनले जानकारी दिनुभयो ।
रघुगंगा नदीको किनारमा अलग–अलग ठाउँमा चारवटा पोखरी बनाइएको छ । कुण्डमा जाने ठाउँको दक्षिणतर्फ जल बराहको मन्दिर छ । मुख्य कुण्डको माथि त्रिपाल हालेर घाम पानी छेक्ने बनाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
मन्दिरको दाहिनेतर्फ रहेको तातोपानीको पोखरीमा त्रिपालको छाना हालिएको छ । सो पोखरीमा एकपटकमा २५ जनासम्मले डुबेर उपचार सेवा लिँदै आएका छन् । मन्दिरको देब्रेतर्फ सानाठूला गरी तीनवटा पोखरी छन् । एउटा पोखरीमा २० जना, अर्कोमा १० जना र तेस्रो पोखरीमा पनि १० जनाले एकसाथ बसेर डुब्न सक्ने गरी पक्की पर्खालसहित निर्माण गरिएको छ ।
यी पोखरी निर्माण गर्न जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिमका बेलामा पनि स्थानीय मजदुर परिचालन गरी पोखरी निर्माण गरिएको दर्मिजा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान यहाँ रहेको छ । सो मुहानको पानी संकलन गरे छालासम्बन्धी रोग, चोटपटक, बज्रिएको, सुन्निने जस्ता समस्याहरू निको हुने विश्वास छ ।
यहाँ स्नान गर्न आउने पाहुना तथा पर्यटकहरूलाई बस्न मिल्ने स्थानहरूको निर्माण पनि यसअगाडि भइसकेको स्थानीय ललिता गर्वुजाले बताउनुभयो । यस पोखरीको नजिक एउटा आकर्षक झरनासमेत रहेको छ । यस स्थानलाई सुरक्षित राख्नका लागि अहिले तटबन्धको कार्यसमेत भइरहेको समितिले जनाएको छ ।
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँहरुबाट बिरामीहरु आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगंगा खोलाको पारीपट्टी रहेको झरनामा रमाउन र कुण्डमा डुवुल्की लगाउन टाढाटाढाबाट समेत आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका स्थानीय तिलक गर्बुजाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच