डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत हुनु भएको छ । नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारणसभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कोइरालालाई पुुरस्कृत गरेको हो ।

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले डा. कोइरालालाई पुरस्कृत गरिएको जनाएको छ । उहाँलाई नगद १० हजारसहित पाल्पाली ढाका टोपी र सम्मानपत्रबाट सांसदद्धय ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, प्रदेश सांसदद्धय वीरबहादुर राना, खेम बहादुर सारु र संघका अध्यक्ष विष्णु केसीले सम्मान गर्नु भएको हो । संघका पूर्व अध्यक्ष रुकमागत शर्माले १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी सोको व्याजबाट डा. कोइरालालाई सम्मान गरिएको हो ।

नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । पाल्पाको बगनासकाली गाउँपालिका–५, दर्लमडाँडामा जन्मनुभएका उहाँ कार्डियोथोरासिक सर्जन, प्राध्यापक एवं सामाजिक अभियन्ता समेत हुनुहुन्छ । कोइरालाले त्रि वि शिक्षण अस्पतालबाट पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गर्नुभएको हो । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख हुनुभयो । उहाँले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?