काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघले आफ्नो स्थापना दिवस देशभर विभिन्न स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम गर्दै मनाएको छ । सो अवसरमा महासंघ अध्यक्ष एलपी साँवा लिम्बूले देशमा शान्ति र स्थायित्व कायम हुँदा उद्योग व्यवसाय गर्ने वातावरण बन्ने भन्दै शान्ति र स्थायित्वका लागि स्थानीय तहबाटै सुरु गर्नुपर्ने भएकाले आसन्न निर्वाचनमा एजेन्डा हेरेर मतदान गर्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा तराईमा सशस्त्र द्वन्द्व गरिरहेको सिके राउत, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलगायतलाई राजनीतिक मूलधारमा ल्याउँदै शान्ति स्थापनाका लागि भूमिका खेलेको भन्दै अबको समयमा स्थानीय तहमा स्थायित्व र शान्ति स्थापनाका लागि एमालेका उम्मेदवारलाई विजयी गराउने अभियानमा लाग्न सम्बद्ध उद्योगी व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।
महासंघका महासचिव भागिरथ सापकोटाले स्थानीय तहको निर्वाचनमा केन्द्रित भएका कारण महासंघको स्थापना दिवस सांकेतिकरूपमा मनाएको बताउनुभयो । सो अवसरमा महासंघ उपाध्यक्ष बालकृष्ण सिवाकोटी, उपाध्यक्ष सिएन पाण्डे, उपमहासचिव सुवर्ण श्रेष्ठ, निर्वाचन आयोग प्रमुख निरज राई, लेखा आयोग प्रमुख प्रकाश पौडेल, उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्ष गोविन्द घिमिरे, सचिव भरत तिमल्सिना, प्रगतिशील वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी, स्वास्थ्य उद्यमी संघका अध्यक्ष यज्ञ ढकाललगायतको सहभागिता रहेको महासंघका प्रशासकीय अधिकृत शंकर थापा ‘सागर’ ले जानकारी दिनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल